default_image

5 years ago

April 12, 2020

प्रशिक्षण सुरु गर्ने विषयमा रियलमा चर्चा सुरु

106 views

0 Bookmark

एजेन्सी – प्रशिक्षणमा फर्केने रियल सोसिडाडको घोषणा पछि रियल म्याड्रिडले पनि प्रशिक्षण सुरु गर्ने विषयमा सोचिरहेको बताइएको छ । प्रशिक्षणमा फर्कनका लागि उपयुक्त समयका विषयमा क्लबमा छलफल सुरु भइरहेको जनाइएको छ ।

आफ्ना बास्केटबल खेलाडी टिरे थोम्सकिन्सको कोराना संक्रमण भएपछि रियलले मार्च १२ मा आफ्ना खेलाडीलाई क्वारिन्टिनमा राखेको थियो । रियलले खासमा मार्च २६ सम्मका लागि प्रशिक्षण रोकेको थियो । कोभिड १९ का कारण सरकारले संकटकाल घोषणा गरेपछि सबै बन्द भएको थियो ।

निको मिहिचको नेतृत्वमा रहेको क्लबको मिडिकल टोलीले प्रशिक्षणलाई स्वास्थ्यका हिसाबले कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा तयारी गरिरहेको बताइएको छ । म्याड्रिड सहरमै पनि संक्रमणविरुद्धको प्रोटोकल व्यवस्थापनको प्रयास भइरहेको छ । कारण कोभिड १९ बाट अन्त्याधिक प्रभावित देशमा स्पेन पनि पर्दछ ।

स्पेनको राजधानी भएकाले पनि म्याड्रिडमा हुने आगामी कार्यक्रम जनताको सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल रुपमा हेरिएको छ । सोसिडाडले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने घोषणा गरिसकेको छ । रियलले अहिले नै अभ्यासमा फर्कने मिति तय गरेको छैन । यद्दपी उनीहरु यो विषयमा गम्भिरतापूर्वक छलफल भने गरिरहेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.