5 years ago
April 12, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पुर्व स्टार जेरोमी रोथेनले केलियन एमबाप्पे ले पीएसजीमा सम्झौता नवीकरण नगर्ने बताएका छन् ।
रोथेनले कोरोना भाइरस (कोभिड–१९) को महामारी अघि नै एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध नजिक पुगेका र उनी अर्काे सिजनबाट पीएसजीमा नरहेको बताएका हुन् । रियलले एमबाप्पे मोनाकोबाट लोनमा पीएसजी रहँदा देखि नै अनुबन्ध गर्ने प्रयास गरेपनि प्रक्रिया नमिल्दा अनुबन्ध प्रक्रिया लम्बिएको थियो । कोरोना भाइरसको कारण अझै यो लम्बने पक्का छ ।
‘मोनाकोको सफलता देखि नै एमबाप्पे रियल र प्रशिक्षक जिनेदिन जिदानको नजरमा छन् । मलाई लाग्छ, उनले यो रियलमा सम्झौता गरिसकेको हुनसक्छ । यदि कोरोना भाइरसको महमारी आएका कारण यो विषय बाहिर नआएको हो । मलाई स्रोतहरुबाट थाहा छ, एमबाप्पेले रियलमा लगभग सम्झौता गरिसकेका छन् । रोथेनले रेडियो मोन्टेकार्लाेलाई भने ।
‘अहिले के भइरहेको छ। यो मलाई थाहा छ । यो अवस्थामा एमबाप्पेको रियल आगमन स्थगित हुनेछ । तर, एमबाप्पेले कुनैपनि हालतमा पीएसजीमा सम्झौता नवीकरण गर्ने छैन । पीएसजीले आउदो समरमा उनलाई छाड्न अनुमति दिनेछ ।’
पीएसजीमो एमबाप्पेको सम्झौता २०२२ सम्म छ । २१ वर्षीय युवा स्टार एमबाप्पेले पीएसजीमा १२० खेलमा ९० गोल र ४९ असिस्ट दिएका छन् । फ्रेन्च लिग वानमा प्रभुत्व जमाएपनि प्रशिक्षक थोमस टचेलसँगको सम्वन्ध र च्याम्पियन्स लिगमा सोचेअनुरुप प्रदर्शन हुन नसक्दा एमबाप्पे पीएसजी छाड्ने मनसायमा छन् ।
पीएसजीले यो सिजन आफ्ना तीन स्टारहरु गुमाउन सक्नेछ । ब्राजिली नेयमार स्पेनिस क्लब बार्सिलोनासँग जोडिएका छन् । एडिन्सन काभनी र मोउरो इकार्डीले क्लब छाड्ने बताइसकेका छन् । फ्रेन्च लिग वानमा पीएसजी २७ खेलबाट ६८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मार्सेली ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]