default_image

5 years ago

April 12, 2020

‘बार्सिलोना र स्पेनबाट खेल्दाको समय अविस्मरणीय’ – पेद्रो

136 views

0 Bookmark

एजेन्सी – स्पेनी विंगर पेद्रो रोड्रिग्वेजले आफू बार्सिलोना छँदाको समय र राष्ट्रिय टोलीमा हात पारेको सफलता अविस्मरणीय रहेको बताएका छन् । यस्तै उनले रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान खेलाडीका रुपमा सक्रिय हुँदा आफु उनको ठूलो समर्थक रहेको चेल्सीका फरवार्डले बताए ।

लन्डनमा घरमै क्वारिन्टनमा रहेको पेन्द्रोले सामाजिक सञ्जालमार्फत समर्थकहरु कुरा गर्दै भने, ‘म जिदानसँग पनि खेल्न चाहन्थो । उनी भिजन भएका प्लेमेर हुन् । मलाई जिदान एकदम म पर्छ । उनलाई एकदमै मन पराउँछु । जति बेला पनि उनले बल छुन्थे केहि न केहि राम्रो हुन्थ्यो नै ।’ क्वारिन्टेनमा रहँदाको व्यवसायिक फुटबल खेलाडीले के गर्न रुचाउँछन् भन्ने विषयमा पनि पद्रोले समर्थकसँग आफ्नो भावना साटेका थिए ।

‘महिना दिनदेखि हामी घरमै छौं । घरमा निकै अभ्यास गर्छु । तर पनि ठिक राख्न त्यहि सहज छैन,’ उनले भने, ‘फुटबल खेलाडीका लागि यो समरको विदा जस्तो भएको छ । जति बेला बलसँ धेरै खेलिन्न । घरमै बलसँग खेले पनि त्यो नियमित अभ्यास जस्तो हुँदैन । अब कहिले सम्म यो अवस्थाले निरन्तरता पाउँछ भन्ने सकिने अवस्था छैन ।’

‘पेद्रोले आफ्नो बार्सिलोना र स्पेनबाट खेल्दाको एतिहासिक क्षण पनि त्यति बेला स्मरण गरेका थिए । बार्सिलोनाको स्वर्ण युगको म पनि एउटा हिस्सा रहेकाले त्यसलाई आफ्नो भाग्य ठान्छु ,’ उनले भने,’ पेप ग्वार्डिओलाको नेतृत्वमा हामीले सबै खाले प्रतियोगिता जित्यौं । हामीले स्तरीय फुटबल खेल्यौं, त्यो सधै सम्झानामा रहेकोछ ।

पेद्रोले राष्ट्रिय टोलीबाट खेल्दा पनि त्यस्तै स्मरणरिय रहेको उल्लेख गरे । ‘लुइस अर्गोनेस र भिसेन्टे डेल बास्केको समय हामीले राम्रो गर्यौं, उनले थे, म त्यो समयको पनि हिस्सा थिए । त्यो समयको हुनुको महत्व छ । पेद्रोले २०११ को च्याम्पियन्स लिगको फाइनलको पनि स्मरण गरे ।

‘फाइनल वेम्ब्लीमा भएको थियो । मैले पुरा प्रतियोगिता खेलेको थिए । म त्यति बेला बार्सिलोनाको मत्वपूर्ण सदस्थ थिए, उनले स्मरण गरे , जर्मनीलाई हराउँदै विश्व कप जित्दाको समय पनि विशेष रहेको उल्लेख गर्दै उनले रियल म्याड्रिडविरुद्ध सुपर कप र क्लब विश्व कपमा गोल गर्दा विशेष लागेको छ । तर सबै भन्दा उत्कृष्ट क्षण म्यानचेस्टर युनाइटेटविरुद्धको च्याम्पियन्स लिग फाइनल थियो ।’

३२ वर्ष फरवार्डले आफ्ना बार्सिलोनामा रहँदाका सहकर्मी, प्रशिक्षकका बारेमा चर्चा गरे । ‘एउटा खेलाडीको रुपमा हुर्किनका लागि मलाई ग्वार्डिओलाले मौका थिए । म युवा परियोजनाबाट आएको हु र सिनियर टोलीमा उनले नै मौका थिएका हुन्,’ उनले तारिफ गर्दै भने, ‘उनले मलाई जहिले पनि मैदानमा सिकाए । त्यस्तो डेल बोस्केप्रति पनि मेरो विशेष सम्मान छ । उनले विश्वकपमा मेरा लागि जोखिम उठाएका थिए । त्यस्तै टिटो भेलानोभालाई म आफ्नो मनमा राख्छु ।’

उनले बार्सिलोनमा खेल्दाका सहकर्मीहरुको पनि तारिफ गरे । ‘कार्लोस पुयोलसँग खेल्दा गर्व महसुस हुन्थ्यो । उनी स्वभाविक नेता हुन् । लियोन मेस्सीसँग खेल्नुको अर्कै मजा छ ,’ उनले भने, ‘उनी र अन्य नेयमार, थिएरी हेनरी, रोनाल्डिन्हो जस्तासँग खेलेर जित्नु साच्चै विशेष थियो । अहिले सम्म मेस्सी सबैभन्दा उत्कृष्ट हुन् ।’

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.