default_image

5 years ago

April 12, 2020

कोरानाविरुद्ध लड्न रोनाल्डोको सन्देश

120 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कोराना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिमा यसविरुद्ध लड्न सबै एकताबद्ध हुनु पर्नेमा जोड दिएका छन् ।

कोरोना भाइरसका कारण युरोपलगायत विश्वका अधिकांश देशका फुटबल गतिविधि ठप्प छन् । सिरिए स्थगित भएपछि रोनाल्डो विरामी आमालाई भेट्न स्वदेश पोर्चुगल फर्केका थिए । अहिले पनि उनी पोर्चुगलमै छन् । पोर्चुगल फुटबल टोलीका कप्तान समेत रहेका रोनाल्डोले पोर्चुगल र इटालीको झन्डा अंकित मास्कको प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् ।

‘विश्वकै लागि यो कठिन समय हो । त्यसैले हामीले एकताबद्ध हुनुपर्दछ र एकले अर्कालाई सहयोग गर्नुपर्दछ,’ उनले भनेका छन्, ‘हामी जे जति गर्न सक्छौं त्यसका लागि प्रयास गरौं । ’ कारोनाका कारण विश्वभर १ लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने १५ लाख भन्दा बढी संक्रमित छन् ।

तर, घरमा रहँदा पनि रोनाल्डोले आफुलाई फिट राख्ने प्रयास भने जारी राखेका छन् । रियल म्याड्रिडका पूर्व स्टार ३५ वर्षे रोनाल्डोले टपलेस र आँखा चिम्म गरेको फोटो इन्स्टाग्राममा पोष्ट गरेका थिए । जसमा उनले लेखेका छन्, ‘स्वास बाहिर, स्वास बाहिर । सक्रिय रहौं ।’ जसमा ह्यासट्याग ‘स्टे होम सेभ लाइभ्स’ रहेको छ । केहि दिन अघि उनले आमा अस्पतालबाट फर्केपछि आमा र बिहिनीहरुको साथको फोटो पोष्ट गरेका थिए ।

युभेन्टस इटालियन लिगको शीर्षस्थानमा रहेपनि कोरोनाका कारण लिग स्थगित भएपछि हाल टोली विश्राममा छ । अब लिग पुन: सुचारु हुने नहुने अन्यौल रहेको अवस्थामा क्लबहरुले प्रशिक्षण सुचारु गर्न सकेका छैनन् । सबै खेलाडी व्यक्तिगत रुपमै फिटनेस प्रशिक्षण गरिरहेका छन् ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.