default_image

5 years ago

April 11, 2020

आकर्षक प्रस्ताव आए चेल्सीले कान्टे बेच्ने

95 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले आउँदो समरमा आकर्षक प्रस्ताव आएको खण्डमा स्टार मिडफिल्डर एनगोलो कान्टेलाई बेच्ने निर्णय गरेको छ । कान्टेसँगको सम्झौता २०२३ सम्म रहेपनि चेल्सीले विश्वविजेता फ्रान्सका कान्टेलाई बेच्ने निर्णय गरेको हो ।

चेल्सीले कान्टेलाई बेच्ने निर्णय गरेसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस क्लब रियल म्याड्रिडले चासो देखाएको बुझिएको छ । चेल्सीले आकर्षक प्रस्ताव आएमा कान्टेलाई बेच्ने उल्लेख गरेको छ । २९ वर्षीय कान्टे सन् २०१६ मा ३२ मिलियन पाउन्डमा प्रिमियर लिग क्लब लेस्टर सिटीबाट चेल्सी पुगेका थिए । निकै प्रभावशाली मिडफिल्डर कान्टेले प्रिमियर लिगमा आफ्नो छाप छोड्न सफल भएका छन् ।

कान्टे लगातार दुई सिजन दुई फरक क्लबबाट इंग्लिस प्रिमियर लिग जित्ने खेलाडी हुन् । सन् २०१६ मा लेस्टरबाट प्रिमियर लिग जितेको कान्टेले अर्काे सिजन चेल्सीबाट प्रिमियर लिग जितेका थिए । रियलले कान्टे अनुबन्ध गर्न सक्ने योजना अघि बढाउने सम्भावना रहेको छ । यधपी रियलले कान्टेकै राष्ट्रिय टोलीका सहयात्रीहरु पल पोग्वा र केलियन एमबाप्पेलाई पनि लामो समयदेखि पछ्याइरहेको छ ।

यता फ्रान्सेली क्लब पीएसजीले पनि कान्टेको स्थिति नियालिरहेको छ । पीएसजीले कान्टेलाई आफ्नो जन्म भुमिमा फर्काउन आकर्षक प्रस्ताव पेश गर्ने सम्भावना छ । कान्टेले पछिल्लो सिजन चोटका कारण केही खेलहरु गुमाएका छन् । यो सिजन कान्टेले २२ खेल मात्रै खेलका छन् । जसमा उनले ३ गोल गरेका छन् । रक्षात्मक मिडफिल्डर भएपनि कान्टेले चेल्सीका लागि १६४ खेलमा २२ गोल गरेका छन् ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.