5 years ago
April 11, 2020
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले तत्काल फुटबल सुरुवात गर्नु गैर जिम्मेवार हुने जनाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्रास अझै रहेकाले जति सक्दो छिटो रोकिएको फुटबल सुरु गर्नु गैर जिम्मेवार हुने बताएका हुन् ।
कोरोनाका कारण विश्वभरका खेलकुद गतिविधिसँगै घरेलु फुटबल पनि अनिश्चित कालका लागि स्थगित छ । महामारीकै त्रासका टोकियो ओलम्पिक, युरोप २०२० र कोपा अमेरिका एक वर्ष पछि सरिसकेका छन् । केही देश बेलारुस, बुरुन्डी, निकारागुआ र ताजकिस्तानमा भने फुटबल सञ्चालन भइरहेका छन् । अध्यक्ष इन्फान्टिनोले सुरक्षा नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै खतरा मोल्नु भन्दा केही समय पर्खनु नै उचित हुने बताएका छन् ।
‘अहिलेको अवस्थामा खेल नहुनु, प्रतियोगिता नहुनु, लिग नहुनु भनेको मानव जातिलाई स्वास्थ्य राख्नु हो । जसले मानव जातिलाई खतरामा राख्ने छैन,’ अध्यक्ष इन्फान्टिनोले भने ।
‘अहिलेको अवस्थामा सबैको चासो फुटबलमा छ । सबैमा अन्योलता रहेको छ । तर, म विश्वस्त छु कि हाम्रो फुटबलको भविष्य विगतको भन्दा पक्कै राम्रो भएर आउनेछ । तर, शतप्रतिशत सुरक्षित नभएको अवस्थामा फुटबल पुन सुरु गर्न खोज्नु गैरजिम्मेवारी हुनु हो ।’
अध्यक्ष इन्फान्टिनोले विश्वभरको आफ्नो सदस्य राष्ट्रलाई सचेत रहनसमेत आग्रह गरेका छन् ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]