default_image

5 years ago

April 11, 2020

गोट्जेले डर्टमण्ड छाड्ने

111 views

0 Bookmark

एजेन्सी– जर्मन अन्तर्राष्ट्रिय मारियो गोट्जेले बोरुसिया डर्टमण्ड छाडन् निधो गरेका छन् । यो सिजनको अन्त्यसँगै उनको सम्झौता टुंगिदै छ । २७ वर्षे मिडफिल्डरले सन् २००९ देखि ०१३ सम्म डर्टमण्डको सिनियर टोलीबाट खेलेका थिए ।

त्यसपछि भने उनी बायर्न म्युनिख पुगेका थिए । उनकै एक मात्र गोलमा जर्मनीले २०१४ मा फिफा विश्वकप जितेको थियो । २०१६ मा उनी पुनः आफ्नो बाल्यकालको क्लब डर्टमण्ड फर्केका थिए ।

गोट्जे अहिले पनि फर्ममा फर्कनका लागि संघर्षरत छन् । त्यसका वावजुद पनि उनलाई भित्राउन थुप्रै क्लबले इच्छा देखाएको बताइएको छ । ‘म आज एउटा घोषणा गर्ने त्रममा छु । मैले अब खेल जीवनमा केहि परिवर्तको सोच बताएका छु,’ उनले भनेका छन् ।

उनले त्योसँगै रेजा फाजेली आफ्नो एजेन्टका रुपमा समेत प्रस्तुत गरेका छन् । ‘मेरो खेल जीवनको अर्को महत्वपूर्ण निर्णय गरेको छु,’ उनले भने, ‘अब रेजा र उनको एजेन्सी इन्टरनेसन सकर म्यानेजमेटसँग काम गर्नेछु । म उनको योजनमा प्रभावित छु ।’

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.