default_image

5 years ago

April 11, 2020

रियलमा पोग्वा कि कामाभिंगा ?

122 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउदो समरमा फ्रान्सका दुई एट्याकिङ मिडफिल्डर पल पोग्वा र युवा खेलाडी इडुआर्डाे कामाभिंगालाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ । 

रियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्वा अनुबन्ध गर्न नसकेको अवस्थामा फ्रान्सकै युवा खेलाडी फ्रेन्च लिग वान क्लब रेनिसका युवा एट्याकिङ मिडफिल्डर इडुआर्डाे कामाभिंगा अनुबन्ध गर्ने योजना बनाइरहेका छन् । जसका लागि रियलले पोग्वा र इडुआर्डाेलाई अनुबन्ध गर्न दौडधुप शुरु गरिसकेका छन् ।

स्पेनिस पत्रिका एएसका अनुसार रियलले आउदो समरमा पोग्वा र इडुआर्डाे दुवैलाई अुनबन्धको लागि उच्च प्राथमिकतामा राखेको छ । पोग्वा अनुबन्ध गर्न कठिन हुन सक्ने भएको कारण रियलले यि १७ वर्षीय युवा मिडफिल्डर कामाभिंगालाई प्राथमिकतामा राख्नेछ । रियलले अघिल्लो वर्ष नै पल पोग्वालाई अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

कोरोना भाइरसको कारण क्लबहरु आर्थिक संकटमा पर्न सक्ने अवस्था रहेका कारण रियलले महँगो पोग्वा भन्दा युवा स्टारलाई अनुबन्ध गर्न सक्ने स्पेनिस पत्रिका मार्कामा उल्लेख छ । कामाभिंगालाई युरोपका ठुला क्लबहरु रियलसँगै इंग्लिस क्लब लिभरपुल, फ्रेन्च क्लब पीएसनी र जर्मन क्लब बोरुसिया डर्टमन्डले चासो देखाइरहेको छ । तर, कामाभिंगा अनुबन्ध गर्ने दौडमा रियल अघि रहेको छ ।

रेनिसका युवा प्रतिभा कामाभिंगाको खेल्ने शैलीलाई रियलका ब्राजिली क्यासमिरो तथा फ्रान्स तथा इंग्लिस क्लब चेल्सीका एङ्गोलो कान्टेसँग तुलना गरिएको छ । शारीरिक रुपमा पल पोग्वासँग दाँजो गरिएको छ । यो सिजन हरेक खेलमा उच्च प्रदर्शन गरिरहेका कामाभिंगाको मुल्य ५३ मिलियन पाउन्ड रहेको छ । कामाभिंगा रेनिसको सिनियर टोलीमा ‘डेब्यु’ गर्ने क्लबको कान्छो खेलाडी हुन् ।

उनले १६ वर्षको उमेरमा २०१६ डिसेम्वरमा रेनिसको सिनियर टोलीबाट ‘डेब्यु’ गरेका थिए । कामाभिंगा ११ वर्षको उमेरदेखि नै रेनिससँग जोडिएका थिए । अंगोलामा जन्मिएपनि २ वर्षको उमेर देखि नै फ्रान्समा रहेको कामाभिंगा अहिले फ्रान्सको नागरिकता लिने प्रक्रियामा रहेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.