5 years ago
April 11, 2020
एजन्सी – महिना दिन यता स्वदेशमा रहेका युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले स्टानियो डा माडेरिया रंगशालामा अभ्यास गरेका छन् । कोराना भाइरस कोभिड १९ को कारण अहिले युरोपियनसहित विश्व फुटबलका सबै गतिविधि बन्द छन् ।
आमा विरामी भएका कारण रोनाल्डो मार्च ९ मा स्वदेश फर्केका थिए । कोरानाबाट सबैभन्दा प्रभावित देश मध्येको एक इटालीमा महिना दिन अघि नै सिरिए स्थागित भएको थियो । रंगशालमा रोनाल्डोल केहि अन्यसँग अभ्यास गरिरहेको तस्बिर प्रकाशित गरेको छ । उनले मैदानमा धेरै खाले अभ्यास गरेको बताइएको छ । सोही सञ्चारमाध्यमले रोनाल्डो अर्को साता टुरिन फर्कन सक्ने सम्भावना रहेको समेत उल्लेख गरेको छ ।
सिरि ए स्थगित हुँदाको अवस्थामा साविक विजेता रहेको युभेन्ट्स (६२ अंक) शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको लाजियो भन्दा युभेन्ट्सको एक अंक बढी छ । यता च्याम्पियन्स लिगमा पनि युभेन्टसको सम्भावना जारी नै छ । पहिलो लेगमा लियोनसँग १-० को हार बेहोरेपनि युभेन्टस दोस्रो लेगको प्रतिक्षामा छ । घरेलु मैदानमा हुने उक्त खेलको मिति कोरोना संक्रमणकै कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]