5 years ago
April 10, 2020
एजेन्सी – इटालियन क्लब युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले आफ्ना दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र म्याथिज डि लिग्ट क्लबमै रहने बताएका छन् । पछिल्लो समय रोनाल्डो र डि लिग्टले क्लब छाड्ने विषयले सञ्चारमाध्यममा स्थान बनाएको थियो ।
क्लबका प्रशिक्षक सार्रीले रोनाल्डो र डि लिग्ट दुवै शतप्रतिशत क्लबमै रहने बताएका हुन् । ‘फरवार्ड रोनाल्डो र डिफेन्डर डि लिग्ट र कप्तान जिर्जियो चिलियानी युभेन्टसमै रहने छ । उनीहरु बिक्रीमा नरहेको र कुनै पनि मुल्यमा बिक्री हुनेछैन । उनीहरु हर्काे सिजन पनि क्लबमै रहनेछ ।’ प्रशिक्षक सार्रीले भने ।
प्रशिक्षक सार्रीले आवश्यकता अनुसार मिरालेम प्यानिच, ड्यानिय रुगानी र माटिया डि स्केल्जोको भने अर्काे सिजन क्लबमा रहनेमा सम्भावना न्युन रहेको बताएका छन् । कोरोना भाइरसको महामारीको कारण हुन सक्ने आर्थिक संकटलाई ध्यानमा राख्दै युभेन्टसले रोनाल्डो बेच्ने तयारी गरिरहेको समाचारले सञ्चार माध्यममा स्थन बनाएको थियो । यस्तै डि लिग्टपनि इंग्लिस प्रिमियर लिगका क्लबसँग जोडिएको थियो ।
कोरोनाका कारण अहिले विश्व खेलकुद गतिविधि ठप्प छ । यो सिजनको क्लब फुटबलहरु सुचारु हुने अवस्था बनिसकेको छैन । यद्यपि केहि क्लबले भने सानो समूह बनाएर भएपनि प्रशिक्षण भने सुचारु गरेका छन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]