5 years ago
April 10, 2020
एजेन्सी – बार्सिलोनाको फरवार्ड लाइनका कारण यो सिजन सञ्चारमाध्यममा निकै शीर्षक बने । टोलीको फरवार्ड लाइनले बहस, विवाद र जटिलताको भने सामना गरिरहेको छ ।
एन्टोनियो ग्रिजमन
सिजनको सुरुवातमा निकै ठूलो अेपक्षाका साथ बार्सिलोनाले ग्रिजमनलाई एट्लेटिको म्याड्रिडबाट भित्राएको थियो । उनको क्षमता माथि अहिले पनि कसैलाई शंका छैन । तर, जुन अपेक्षाका साथ उनलाई क्लबले लिएको त्यो अनुसाको प्रदर्शन गर्न भने उनी चुकिरहेका छन् । विङ्गबाट उनले आफुलाई प्रमाणित गर्न सकिरहेका छैनन् । यद्यपी सिजन अघि बढ्दै जाँदा टोलीका अन्य सदस्यसँग उनको तालमेल देखिन थालेको छ ।
लुइस स्वारेजको चोट
उरुग्वेन फरवार्ड अहिले पनि फिट भइसकेका छैनन् । जनवरीमा शल्यक्रियापछि उनी ठीक हुने प्रयासमा छन् । उनको चोट टोलीका लागि सबैभन्दा चिन्ताको विषय रह्यो । उनको अनुपस्थितिले टोलीको फरवार्ड लाइन कमजोर भइरहेको छ।
निरन्तर चोटग्रस्त ओसमाने डेम्बेले
डेम्बेले बार्सिलोनो अर्को चिन्ताको विषय हुन् । यो सिजन मात्र उनले दुई गम्भिर चोट बोकेका थिए । उनी यो सिजन भर खेल्न सक्ने अवस्थामा छैनन् । त्यसो त फिट नै रहँदा पनि उनको अनुशासनलाई लिएर बारम्बार प्रश्न पनि उठेको थियो ।
मार्टिन ब्रेथवेट
डेम्बेले र स्वारेज चोटकारण मैदान बाहिर रहेपछि बार्सिलोनाले ब्रेथवेटलाई १८ मिलियन युरोमा लेगानेसबाट भित्राएको थियो । कठिन परिस्थितिको सामना गर्नका लागि उनलाई लिएको थियो । उनले टोलीका लागि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसले कतिपय भने आश्चार्यमा छन् ।
लियोनल मेस्सी
अर्जेन्टिनी सुपरस्टार अहिले पनि टोलीका सबै भन्दा मुख्य हतियार हुन् । उनको प्रदर्शनका अगाडि सबै नतमस्तक छन् । क्लबका सबै खाले सफलतामा सधै उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ । यो सिजनमा पनि उनले उच्च प्रदर्शनलाई जारी राखेका छन् ।
नेयमार फर्काउने प्रयास
ब्राजिलियन नेयमार अहिले पनि टोलीको पहिलो प्राथमिकामा रहेको बताइन्छ । यो सिजनका लागि पनि टोलीले उनलाई फर्काउने अन्तिम समय प्रयास गरेको थियो । तर त्यो सफल हुन सकेन । नेयमार आफै पनि बार्सिलोना फर्कन उत्साहित रहेको बताइन्छ ।
कार्लेस पेरेजको बर्हिगमन
युवा फरवार्ड पेरेजलाई रोमा पठाउने निर्णय सायद टोलीका लागि फाइदाजनक हुन सकेन । उनी लोनमा गएको भएपनि रोमाले चाहेमा उनलाई किन्न सक्ने विकल्प राखिएको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]