5 years ago
April 10, 2020
एजेन्सी – ब्राजिली लेजेन्ड खेलाडी माजिन्होले स्पेनिस क्लब बार्सिलोनामा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको विकल्पमा ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार रहेको बताएका छन् ।
पछिल्लोपटक मेस्सीले बार्सिलोना छाड्ने चर्चा भइरहँदा माजिन्होले मेस्सीको विकल्पमा नेयमार हुने धारणा राखेका हुन् । नेयमार २०१७ मा विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्धित भएका थिए । पीएसजीमा पहिलो सिजनपछि नै नेयमार खुशी हुन सकेका छैनन् ।
अघिल्लो सिजन बार्सिलोनाले नेयमारलाई फर्काउन भरमग्दुर प्रयास गरेपनि सफल हुन सकेको थिएन । तर, यो सिजन बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ । पछिल्लोपटक मेस्सी क्लबसँग असन्तुष्ट रहेको र इटालियन क्लब इन्टर मिलानसँग जोडिएको हल्ला चलेको छ । माजिन्होले मार्कासँगको कुराकानीका क्रममा नेयमारलाई बार्सिलोना सुझाव दिँदै मेस्सीको पहिलो विकल्प नेयमार रहेको र त्यो भन्दा अर्काे खेलाडी पाउन कठिन रहेको बताएका हुन् ।
‘नेयमार बार्सिलोना जान्छन् भने म खुसी हुन्छु,’ मार्कासँगको कुराकानीमा माजिन्होले भने, ‘नेयमार मेस्सीको प्राकृतिक प्रतिस्थापन हुन् । मेस्सीलाई प्रतिस्थापन गर्ने अरू कुनै विकल्प छैन ।’पछिल्लो समय बार्सिलोना र बार्सिलोनाका खेलाडी पनि नेयमार फर्काउन लागिपरेका छन् । ब्राजिलले सन् १९९४ मा विश्वकपको उपाधि जित्दा मिडफिल्डर माजिन्हो टिममा रहेका थिए ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]