default_image

5 years ago

April 10, 2020

रोनाल्डिन्हो फाइभ स्टार होटलमा सजाय काट्दै

75 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्हो महिना दिन भन्दा लामो जेल बसाईबाट हालै रिहा भएका थिए । पाराग्वेमा पक्राउ परेका उनलाई होटलमै सजाय काट्ने गरि मात्र रिहा गरिएको हो । फर्जी पासपोर्टका कारण उनी र उनको एजेन्ट समेत रहेका दाईसहित पक्राउ परेका थिए ।

 

रोनाल्डिन्होका दाजुभाईले ३२ दिन जेलमा बिताएका थिए । वकिलले उनीहरुलाई १६ लाख युरो धरौटीमा उनीहरुलाई छुटाएका हुन् । अहिले उनीहरुका पाराग्वेको राजधानीमा रहेको होटल पाल्मारोगमा बसेका छन् । बार्सिलोना र एसी मिलानका पूर्व स्टारले फाइभ स्टार होटलको सुविधा पाएका छन् । त्यस्तै उनका दाईले पनि सुइट दिइएको छ ।

१९ औं शताब्दीमा निर्माण गरिएको होटलमा कोभिड १९ का कारण उनीहरुलाई छुटमा होटलले सुविधा उपलब्ध गराइएरहेको छ । प्रेसिडेन्टल सुइटका लागि उनीहरुले एक रातको ८७ पाउन्ड तिर्नुपर्नेछ । गत महिना रोनाल्डिन्होलाई पाराग्वेका पूर्व खेलाडी निल्सन क्युभासले भेटपछि उनी कठिन अवस्थामा संघर्ष गरिरहेका बताएका थिए ।

‘रोनाल्डिन्हो निराश छन्, आशा गरौं उनी चाडै बाहिर आउनेछन्,’ उनले भनेका थिए, ‘जुन परिस्थितिबाट उनी गुज्रिरहेका छन्, त्यसबाट दुःखी छन् । आशा गरौं छिटै बाहिर आउनेछन् । ‘ जेलमा उनले फुटबल खेल्ने गरेको समाचार सार्वजनिक भएको थियो । उनको उच्च प्रदर्शनमा उनको टोली विजयी पनि भएको थियो । ब्राजिलले सन् २००२ मा विश्व कप जित्दा उनी टोलीको महत्वपूर्ण सदस्य थिए ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.