5 years ago
April 10, 2020
एजेन्सी – पोर्चुगल तथा फ्रेन्च क्लब लिलका सेन्टरब्याक जोसे फोन्टेले आफ्नो सहयात्री पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो पुनः स्पेनिस क्लब रियल म्याड्रिड फर्किए कुनै अचम्म नहुने बताएका छन् ।
यसै साता युभेन्टसले रोनाल्डोलाई बेच्ने र रियलले पुनः रोनाल्डालाई अनुबन्ध गर्न सक्ने अनुमानका समाचारहरु सञ्चारमाध्यममा छाएको थियो । तर, रियलले लगत्तै रोनाल्डो किन्ने कुनै योजना नरहेको बताएको थियो । पोर्चुगलका ३६ वर्षे सेन्टरब्याक फोन्टेले आफ्नो सहयात्री रोनाल्डोको विषयमा बोल्दै उनी म्याड्रिड फर्किए कुनै आश्चर्य नहुने बताएका हुन् ।
‘रोनाल्डो रियल फर्किए कुनै अचम्म हुनेछैन । मलाई थाहा छ । उनी म्याड्रिडलाई धेरै माया गर्छन् । यो निश्चित छ । यो स्पष्ट छ कि, उसले क्लबलाई धेरै माया गर्छन् । यो विश्वको सबैभन्दा ठुलो र चर्चित क्लब हो । यहाँबाट खेल्ने जो कोहीलाई इच्छा हुन्छ ।’ फोन्टेले भने ।
‘उनले रियलमा धेरै पाएका छन् । रोनाल्डोले धेरै साथीलाई त्यही छाडेका छन् । उनको लागि रियलमा ढोका खुल्ला छ जस्तो लाग्छ । त्यसैले उनी रियलमा पुनः अनुबन्ध भए कुनै आश्चार्य हुनेछैन । रोनाल्डोलाई अनुब्नध रियललाई सुझाव छ ।’
पाँचपटकको बालोन डिओर विजेता रोनाल्डो २०१८ मा १०० मिलियन पाउन्डमा युभेन्टस पुगेका थिए । उनको सम्झौता २०२२ सम्म रहेको छ । जतिबेला उनी ३७ वर्ष लाग्नेछन् । उनले क्लब परिवर्तन गरेपनि आफ्नो उच्च प्रदर्शनलाई कायमै राखेका छन् । उनले म्यानचेस्टर युनाइेटड, रियल र युभेन्टसमा आफ्नो छाप छोडिरहेका छन् ।
उनले रियलमा ९ वर्ष बिताउदा सबैखाले उपाधिसँगै कीर्तिमानी प्रदर्शन गरेका थिए । उनी रियलको सर्वाधिक गोलकर्तासमेत हुन् । फोन्टे पोर्चुगलले २०१६ मा युरोकप जित्दा टोलीका सदस्य रहेका थिए ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]