default_image

5 years ago

April 9, 2020

बुन्डेसलिगा अर्काे महिनाबाट सुचारु गर्ने तयारी

99 views

0 Bookmark

एजेन्सी – जर्मन फुटबल लिग (डिएफएल) ले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित त्रासका कारण स्थगित भएको जर्मन बुन्डेसलिगाको बाँकी खेल ‘क्लोज डोर’ मा खेलाउने निर्णय गरेको छ ।

डिएफएलले बुन्डेस लिगाको शीर्ष दुई श्रेणीको ३६ क्लबसँगको सहमतिमा यो सिजनको बाँकी रहेको खेलहरु क्लोज डोरमा खेलाउने सहमति गरेको हो । बुन्डेस लिगामा ९ चरणको खेल बाँकी छ । बुन्डेस लिगाको २५औं चरणको खेल सकिदा बायर्न म्युनिख ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोरुसिया डर्टमन्ड ५१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

बुन्डेस लिगाका प्राय सबै टोलीले एक साताअघिबाट प्रशिक्षण थालिसकेका छन् । टोलीहरुले प्रशिक्षणमा त्यहाँको सरकारको निर्णयलाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गरी सानो समूह बनाएर प्रशिक्षण गरिरहेका छन् । डिएफएलले ३० जुनसम्ममा सिजन सकाउने योजना बनाइसकेको छ । मे १७ या १९ बाट सिजन पुनः सुचारु गर्ने विषयमा अहिले छलफल भइरहेको छ । निर्णय आउन बाँकी छ ।

डिएफएलले क्लोज डोरमा खेलाउदा २५० जनाभन्दा बढीलाई मैदान प्रवेशमा रोक लगाउनेछ । जसमा खेलाडी, अफिसियल र लाइभ ब्रोडकास्टका सदस्यहरु रहनेछ । हाललाई बुन्डेसलिगा र लिगा २ अप्रिल ३० सम्म स्थगित गरिएको छ ।

‘जर्मनीमा मानिसहरु आफ्नो दैनिक जिवनमा फर्किन खोजिरहेका छन् । यसले बुन्डेसलिगा शुरु हुने संकेत गर्छ ,’ बुन्डेस लिगाका प्रमुख कार्यकारी क्रिष्टियन सेफर्टले भने, ‘यो सिजन अन्त्य गर्नु भनेको ५ वटा क्लबहरु गम्भिर आर्थिक संकटबाट बचाउनु हो । लिग सकाउन सकेको अवस्थामा उनीहरुलाई केही राहत मिल्नेछ ।’

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.