5 years ago
April 9, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबको आम्दानीमा गिरावट आउने भएपछि २० प्रतिशतसम्म खेलाडीको पारिश्रमिक कटौती गर्ने भएका छन् ।
क्लबको आम्दानीमा गिरावट आउने भएपछि १० देखि २० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरेको हो । पछिल्लो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको हो । रियलको शीर्ष टोली, बास्केटबलको पहिलो टिमका खेलाडी, प्रशिक्षक र कप्तानको तलब १० देखि २० प्रतिशत कटौती गर्न क्लबको बोर्ड बैठकले सहमति गरेको क्लबले जारी गरेका विज्ञप्तीमा उल्लेख छ ।
क्लबले सिजन पुनः शुरु भएको अवस्थामा १० प्रतिशत र सिजन अन्त्य भएको अवस्थामा २० प्रतिशित पारिश्रमिक कटौती गर्न खेलाडी, प्रशिक्षक र कर्मचारीले निर्णयमा सहमति जनाएको यो कठिन अवस्थामा साथ दिने सबैमा क्लबले धन्यवाद समेत ज्ञापन गरेको छ ।
विश्व खेलकुद नै अहिले ठप्प छ । स्पेनिस ला लिगा मार्चसम्मका लागि स्थगित गरिएको छ । लिग शरु हुने वा नहुने अनिश्चित बनेको छ ।
रियल म्याड्रिडको सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिड र क्याटलान क्लब बार्सिलोनाले यसअघि नै खेलाडीको ७० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेका छन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]