5 years ago
April 9, 2020
एजेन्सी – नेयमारलाई जुन सुकै समयमा पनि आफुहरु क्लबमा स्वागत गर्न तयार रहेको बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले बताएका छन् । बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमार र इन्टर मिलानबाट लाउराटो मार्टिनेजलाई ल्याउन गरिरहेको प्रयासमा उरुग्वेली फरवार्ड स्वारेजले समर्थन गरेका छन् ।
नेयमार र मार्टिनेजलाई बार्सिलोनाले नयाँ सिजनमा भित्राउने सम्भावना छ । यद्दपी कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न नयाँ परिस्थितिले क्लबको आर्थिक अवस्थामा कति असर गर्न अहिले भन्न सकिने अवस्था छैन ।
स्वारेजले पनि अहिलेको समयमा ट्रान्फरका विषयमा अनुमान गर्न कठिन हुने बताएका छन् । कोरोनाको बढ्दो संक्रमणलाई फैलनबाट रोक्नका लागि विश्वका अधिकांश देश लकडाउनको अवस्थामा छ । जारी सिजनका सबै प्रतियोगिता स्थगित छन् ।
‘विश्वले अहिले जुन चुनौतिको सामना गरिरहेको छ । यस्तोमा खेलाडीका विषयमा छलफल गर्न कठिन छ,’ उनले भने, ‘यहि खेलाडी नै आउँछ भनेर अहिलेको समयमा यस्तै हुन्छ भन्न सक्ने अवस्था छैन । ‘
स्वारेजले बार्सिलोनामा नेयमारको प्रभावका कारण उनलाई जुनसुकै समयमा पनि स्वागत हुने दोहोराए । ‘म उनीहरु कस्ता खेलाडीह हुन् भन्न सक्छु । दुवै ठूला खेलाडी हुन् । नेयमारलाई हाम्रो सबैले राम्ररी चिन्छौं’, उनले थपे, ‘उनी हुँदाको ड्रेसिङ रुमको माहोल उत्साहजनक हुन्छ । उनले सबैलाई उर्जा दिन सक्छन् ।’
स्वारेजले मार्टिनेजका बारेमा भने, ‘उनले इटालीमा आफुलाई थप निखारेका छन् । उनले आफु कति क्षमतावान स्ट्राइकर हो भन्ने देखाइरहेका छन् ।’
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]