default_image

5 years ago

April 8, 2020

‘बेकह्याम भन्दा म ह्यान्डसम थिएँ’

78 views

0 Bookmark

एजेन्सी – क्लब फुटबलकै हालसम्म सर्वाधिक बढि स्टार खेलाडी सम्मिलित रियल म्याड्रिडको टोली उर्फ गालाक्टिकोसमा केहि खेलाडीले संघर्ष गर्नुपर्यो ।

त्यसबेला रियल म्याड्रिडमा फाबियो कापोले प्रशिक्षक रहँदा अग्रपंक्तिमा स्थान बनाउन समस्या भएको इटालियन फरवार्ड एन्टोनियो कासानोले बताएका छन् । कासानो प्राय विवादित रहे । उनी आफुलाई लागेको कुरा प्रष्ट रुपमा भन्नेका रुपमा परिचित थिए ।

कासानोले आफुलाई छिट्टै रिस उठ्ने गरेको प्रसंग कोट्याउँदै पूर्व प्रशिक्षक र समकक्षीहरुसँग माफी मागेका छन् । ‘प्रि सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने मध्ये म पनि एक थिए । मैले १० केजी तौल घटाएर ८२ सम्म पुर्याएको थिए,’ उनले भने, ‘प्रशिक्षक कापेलोले मलाई पहिलो दुई खेलमा पहिलो रोजाईमा खेलाए । तर तेस्रो खेलमा म परिन । अनि मलाई उनीसँग झोक चल्यो । मैले त्यसका लागि उनीसँग माफी माग्नुपर्दछ ।’

कासानोले तत्कालिन सहकर्मी डेभिड बेकह्यामको खुलेर प्रशंसा गरेका छन् । ‘उनी एउटा उत्कृष्ट खेलाडी हुन् । तर त्यो भन्दा पनि उनी महान व्यक्तित्व हुन्,’ उनले थपे, ‘उनी एउटा रक स्टार हुन् । उनी विश्वभर परिचित छन् । तर उनी एकदमै नम्र व्यत्ति हुन् ।’ त्यसै प्रसंगमा कासानोले हाँस्दै भने, ‘तर म बेकह्याम भन्दा ह्यान्डसम थिए ।’

इटालियन कासानोले उनले रियलमा त्यति बेला फरवार्ड लाइनमा निकै प्रतिस्पर्धा हुने स्मारण गरे । जति बेला रोनाल्डो र रुडभान निस्टलरोय जस्ता फरवार्ड रियलको आक्रमण सम्हालिरहेका थिए । ‘भान निस्टलरोय बलिया आक्रमक खेलाडी हुन् । उनी निकै लयमा पनि थिए’ , उनले थपे, ‘मैले त्यसैले सोचेजस्तो धेरै मौका पाइँन । कारण टोलीमा अद्भुत रोनाल्डो थिए । रोनाल्डो यो विश्वका खेलाडी थिएनन् ।’

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.