5 years ago
April 13, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आफ्नो पुर्व लेजेन्ड तथा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो पुनः अनुबन्ध गर्ने योजना नरहेको क्लबनिकट स्रोतले एएसलाई बताएका छन् ।
विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व खेलकुदको अर्थतन्त्र नै संकटमा पर्न सक्ने अवस्थामा इटालियन क्लब युभेन्टसले आफ्नो सुपरस्टार रोनाल्डो बेच्ने तयारीको गरिरहेको छ । यसबीचमा रोनाल्डो आफ्नो पुर्व क्लब रियलले अनुबन्ध गर्न सक्ने अनुमान गरिएको थियो । तर, रियलले रोनाल्डो अनुबन्ध गर्ने योजना नरहेको बुझिएको छ ।
‘हाम्रो रोनाल्डो अनुबन्ध गर्ने कुनै योजना छैन । उनी रियलबाट बाहिरिएका कारण पुनः रियलमा जोडिन सक्ने अनुमान गरिएको हुन सक्छ ।’ स्पेनिस पत्रिका एएसमा उल्लेख छ ।
रियलले पछिल्लो समय युवा खेलाडीमा लगानी गर्ने मनासय बनाइरहेको छ । रियलले आर्थिक संकटलाई ध्यानमा राख्दै आउदो समरमा फ्रान्स तथा पीएसजीका युवा स्टार केलियन एमबाप्पे अनुबन्ध गर्न नसक्ने बताइसकेको छ ।
युभेन्टसले ५० मिलियन पाउन्डसम्म रोनाल्डो बेच्ने योजना बनाएको थियो । रोनाल्डो २०१८ मा १ सय मिलियन पाउन्डमा युभेन्टस पुगेका थिए । उनले युभेन्टसमा पनि उत्कृष्छ प्रदर्शन गरिरहेका छन् । रोनाल्डोले यो सिजन मात्रै युभेन्टसबाट ३२ खेलमा २५ गोल गरिसकेका छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]