default_image

5 years ago

April 8, 2020

मेस्सीले छाडिहाले पनि लिगलाई समस्या हुँदैन

104 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले तत्काल बार्सिलोना छाडेर अन्यत्र गएपनि उनको अनुपस्थितिले स्पेनिस ला लिगालाई केहि असर नपर्ने लिगका अध्यक्ष जाभिएर टेबासले बताएका छन् ।

टेबासले पछिल्लो समय मेस्सीले बार्सिलोना छाडेर इन्टर मिलान जाने हल्ला चलेकोमा उक्त ट्रान्सफर सफल भएपनि केहि असर नपर्ने बताएका हुन् । उनका अनुसार उक्त ट्रान्सफरले सिरी ए लाई पनि कुनै थप फाइदा नहुने अभिव्यक्ति दिए । मेस्सी र बार्सिलोनाको बोर्डबीच सुमधुर सम्बन्ध रहन नसकेकाले कप्तान मेस्सीले क्लब छाड्ने हल्ला आएको हो ।

यता इन्टर मिलानका पूर्व अध्यक्ष मासिमो मोराटीले इन्टर मिलानका लागि मेस्सी असम्भव सपना नरहेको बताएका थिए । मेस्सीको बार्सिलोनामा सम्झौता २०२१ सम्म रहेको र उनले नयाँ सम्झौता गर्ने चासो नदेखाएका कारण चर्चा झन् बढ्दो छ । मोराटीका अनुसार बार्सिलोनालाई लौटारो मार्टिनेज सुम्पेर इन्टरले मेस्सीमाथि पनि प्रयास गर्न सक्छ ।

विश्वकै सर्वकालीन महानमध्यका मेस्सीको बहिर्गमनले लिगलाई नै असर गर्ने धेरैले लख काटेका छन् । तर टेबासले भने क्रिस्टियानो रोनाल्डोको उदाहरण दिँदै दुवै लिगलाई आगमन र प्रस्थानले उल्लेख्य असर नपर्ने जिकिर गरे । रोनाल्डो अघिल्लो सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टस पुगेका थिए ।

‘मलाई लाग्दैन मेस्सी इटालियन क्लब गए भने सिरी ए को समस्या सुल्झन्छ । त्यहाँ क्लब र खेलाडीबीचको सम्बन्ध मात्र होइन, ऋणमा रहेको आर्थिक अवस्था पनि उत्तिकै छ । सिरी ए आर्थिक अवस्थामा कमजोर छ र मेस्सी त्यहाँ जाँदैमा त्यो सुल्झन सक्दैन,’ अध्यक्ष टेबासले भने ।

‘मलाई सोध्नुहुन्छ भने मेस्सी ला लिगामै बस्नुपर्छ भन्छु । तर उनले छोडीहाले पनि त्यो नाटक भने हुने छैन,’ उनले थपे, ‘ रोनाल्डोले छाड्दा पनि लिगलाई असर पर्छ भनिएको थियो, तर त्यसो भएन । खेलाडीले सहयोग गर्ने हो तर लिगलाई नभई नहुने भन्ने चाहिं होइन ।’

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.