default_image

5 years ago

April 8, 2020

रोनाल्डो रियल फर्कन सक्ने

151 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो पुर्व स्पेनिस क्लब रियल म्याड्रिडमा फर्कन सक्ने सम्भावना बढेको छ । 

इटालियन पत्रिका कोरिरे डेलो स्पार्ट्सका अनुसार युभेन्टसले आफ्नो स्टार फरवार्ड रोनाल्डोलाई म्याड्रिड फर्काउन चाहेको बुझिएको छ । जसका लागि युभेन्टसले सुरुवातमा ५० मिलियन पाउन्डमा प्रस्ताव गर्ने बुझिएको छ । यो प्रस्ताव रियलले स्वीकार्नेमा युभेन्टस विश्वस्त छ ।

पछिल्लो समय महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबहरुले आउन सक्ने आर्थिक संकटलाई ध्यानमा राख्दै बचत गर्ने योजना बनाइरहेको छ । त्यसकारण पनि युभेन्टस आफ्नो स्टार खेलाडी बेच्न बाध्य हुन सक्नेछ ।

रोनाल्डो इटालियन सिरी ‘ए’ मा सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् । रोनाल्डो २०१८ मा १०० मिलियन पाउन्डमा युभेन्टस पुगेका थिए । उनको सम्झौता २०२२ सम्म रहेको छ । यस अवधिमा युभेन्टसले रोनाल्डोलाई बेच्दै रकम बचत गर्ने मनासय बनाएको छ । तर, युभेन्टसका खेलाडीले पछिल्लो चार महिनाको पारिश्रमिक नलिने बताएपछि युभेन्टसले झन्डै ८० मिलियन पाउन्ड बचत गरिसकेको छ । रोनाल्डोले आफ्नो पारिश्रमिकको १० मिलियन पाउन्ड मात्रै गुमाउने छन् ।

अहिलेको अवस्थामा युभेन्टस जस्तो धनी क्लबले आफ्ना खेलाडीहरुसँग सम्झौता नवीकरण र भविष्यको भुक्तानीलाई पुर्नसंरचना नगरी समस्या समाधान गर्न नसक्ने बुझिएको छ । कोरोना महामारी अघि युभेन्टसका अध्यक्ष एन्ड्रिया अग्नेली रोनाल्डोसँग २०२४ सम्म नयाँ सम्झौताको शर्तमा सहमत हुनेमा विश्वस्त थिए । उनी युभेन्टसको लेजेन्ड हुनेमा ढुक्क थिए । तर, कोरोनाको कारण युभेन्टसको यो योजनामा धक्का लाग्नेछ । जसका कारण पनि रोनाल्डो सनसनीपुर्ण रुपमा रियलमा फर्कन सक्नेछन् ।

रोनाल्डोले रियलबाट ४३८ खेलमा ४५० गोल गरेका छन् । उनी रियलका सर्वाधिक गोलकर्तासमेत हुन् । उनले युभेन्टसबाट ७५ खेलमा ५३ गोल गरिसकेका छन् । समर्थकका दवावका कारण पनि ३५ वर्षीय रोनाल्डो रियल फर्कन सक्ने अनुमान गरिएको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदान विशेष गरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पेको अनुबन्धमा केन्द्रित हुने थिए । तर, कोरोनाका कारण आर्थिम मन्दीको अवस्था सिर्जना हुन सक्ने भन्दै रियलले तत्काल एमबाप्पेलाई अनुबन्ध गर्न नसक्ने भएक छ । रियलले २०२१ को अन्त्यपछि एमबाप्पेलाई १३२ मिलियन पाउन्डमा अनुबन्ध गर्ने योजना बनाइरहेको छ ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.