default_image

5 years ago

April 8, 2020

रोनाल्डिन्हो जेल मुक्त

112 views

0 Bookmark

एजेन्सी – ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा रोनाल्डिन्होसँगै उनका दाई रोबर्टाेलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।

त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो । तर, उनीहरुलाई ३२ दिनपछि नै रिहा गरिएको हो । न्यायधिस गुस्ताभो अमरिल्लाले मुद्धाको फैसला नभएसम्म उनीहरुलाई एक होटेलमा बस्न सक्ने गरी जेलबाट रिहा गरिएको बताएका छन् । तारेखमा छुट्नको लागि १.६ मिलियन डलर तिर्न नसकेपछि उनीहरु जेलमा रहन बाध्य रहेका थिए ।

उनका वकिल एडोल्फो मारिनले पुर्व खेलाडी रोनाल्डिन्होलाई झुटा कागजातको विषयमा केही थाहा नभएको र उनको सोझोपनलाई अदालतले बुझ्न नसकेको बताएका थिए । उनका वकिलहरुले एक पुर्व फुटबलरको रुपमा आफ्नो उच्च प्रोफाइलका कारण उनीहरुलाई जेलबाट जोगाउनु पर्छ भन्ने तर्क गरेको थियो ।

कानुन टोलीले उनको नजरबन्द मनोमानी, अपमानजनक र गैरकानुनी रहेको भन्दै बहस गरेका थिए । जेलमा रहँदा उनले त्यहाँ साथीहरुसँग खेल्दै आफ्नो टोलीलाई जिताएका थिए । उनले आफ्नो जन्मदिन पनि जेलमै बिताउनु परेको थियो ।

४० वर्षीय रोनाल्डिन्होले २०१५ मा फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले पछिल्लो पटक घरेलु क्लब फ्लुमिनेन्सबाट खेलेका थिए । फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब एसी मिलानका पुर्व फरवार्ड समेत रहेका आफ्नो समयको उम्दा खेलाडी रोनाल्डिन्हो ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए । उनले क्याटलान क्लब बार्सिलोनाबाट दुई ला लिगा र च्याम्पियन्स लिग जितेका थिए । उनले एक बालोन डि ओर र दुईपटक फिफा वल्ड प्लेयर अफ दि इयरको अवार्ड जितेका थिए ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.