default_image

5 years ago

April 8, 2020

लिभरपुल उपाधि विहिन हुने सम्भावना न्यून

115 views

0 Bookmark

एजेन्सी – युईएफएका अध्यक्ष एलेकसेन्डर सेफेरिनको नजरमा लिभरपुल प्रिमियर लिगको च्याम्पियन नबनी प्रिमियर लिगको सिजन टुंगिने कुनै सम्भावना छैन ।

कोरोना भाइरस कोभिड १९ का कारण स्थगित भएको प्रिमियर लिग हुन नसकेको वा रद्द भएको अवस्था बेग्लै भएको उल्लेख गर्दै सेफेरिनले लिग पुनः सुरु भएको अवस्थामा लिभरपुलले लिग जित्ने निश्चित जस्तै भएको बताए । लिगको ८ चरणका खेल बाँकी रहँदा योर्गन क्लोपको टोली लिभरपुलको दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २५ अंक बढी छ ।

‘यदि लिग पुन सुरु भयो भने म भन्न सक्नु लिभरपुल च्याम्पियन निश्चित बन्नेछ । यद्दपी गणतिय सम्भावना बाँकी छ, व्यवहारिक रुपमा भन्ने हो भने निश्चित प्राय छ,’ सेफेरिनले भने, ‘तर अब केहि गरि लिग हुन सकेन भने कुनै तरिकाबाट पनि च्याम्पियनका बारेमा टुंगो लगाउनुपर्ने हुन्छ । तर पनि म फेरि पनि भन्छु लिभरपुल विजेता नबन्ने कुनै सम्भावना छैन । ‘

खाली रंगशालामा लिग खेलाउनु पर्ने अवस्था भने त्यो समर्थकका लागि भने निराशाजनक हुने आफुले बुझेको उल्लेख गर्दै अध्यक्ष सेफेरिनले भने, ‘मलाई विश्वास छ विजेता यो वा त्यो बाटोबाट टुंगो लाग्नेछ ।’ सेफेरिनले इटाली र स्पेनको लिग पनि सुरु हुने विश्वास व्यक्ति गरे । यद्दपी इटाली र स्पेन कोराना भाइरसबाट अध्याधिक संक्रमित देश हुन् ।

‘म आशावादी छु । स्पेनिस लिग र इटालियन लिग पनि सम्पन्न हुनेछन् । सबै फुटबलका गतिविधि पुरानै अवस्थामा जानेछ,’ उनले भने, ‘तर पनि कुनै पनि कुराको ग्यारेन्टी गर्न सकिन्न । म वचन दिन पनि सक्दिन । हरेक देशको अवस्था कस्तो हुन्छ त्यहाँका गतिविधि त्यहि अनुसार अघि बढ्नेछन् । ‘

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.