5 years ago
April 9, 2020
एजेन्सी – खेलाडी र प्रशिक्षकका रुपमा जिनेदिन जिदानप्रति रियल म्याड्रिडका समर्थकमा पूर्ण आदरभाव छ । तर, प्रशिक्षकका रुपमा उनले सान्टियागो बेर्नाबाउमा पहिलो कार्यकालमा जस्तो सम्मान पाएका थिए, सायद अहिले त्समा केहि कमी आएको मान्नेहरु पनि छन् ।
पछिल्लो सिजन उनले दोस्रो पटक टोलीको नेतृत्व सम्हालेपछि सोचे अनुरुप प्रदर्शन हुन नसकेपछि उनीमाथिको दृष्टिकोणमा केहि परिवर्तन आएको अनुमान गरिएको छ । कारण उनको टोलीले गत सिजन वा यो सिजन पनि सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन । प्रि सिजनमै टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेको थिएन ।
सिजनको सुरुवात पनि निराशाजनक रह्यो । जसका कारण टोलीमाथि दबाब रहिरह्यो । रोनाल्डो टोलीमा रहँदा पहिलो कार्यकालमा जिदानले लगातार च्याम्पियन्स लिगमा तहल्का नै मच्चाएका थिए । तर टोलीमा भरपर्दा स्टार नहुँदा जिदानलाई पनि केहि कठिनाई भैरहेको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियल मालोर्कासँग पराजित भएपछि रियलको यो सिजन उपाधि जित्ने सम्भावनामा चुनौती थपिएको छ ।
अर्को तर्फ ला लिगामा पनि टोलीले चुनौतीको सामना गर्नुपरेको छ । कोरोना भाइरस कोभिड १९ का कारण ला लिगा स्थगित हुनु अघि २७ खेलमा २५ अंक गुमाइसकेको छ । ३ खेलमा हार बेहोरेको टोलीले ८ खेलमा बराबरी गरेको थियो । लिग स्थगित हुनुअघि लेभान्टे र रियल बेटिससँग पराजित हुँदा जिदानको टोलीको उपाधि दौडमा धक्का लागेको थियो ।
अब फुटबल पुन सुरु हुँदा टोलीले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी घटाउन प्रयास गर्नेछ । ला लिगामा बार्सिलोनाको भन्दा रियलको २ अंक कम छ । कोपा डेल रेबाट बाहिरिसकेको टोलीका लागि लिग उपाधिको सम्भावना ज्युँदै छ । च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको भएपनि टोलीलाई च्याम्पियनको दावेदारको रुपमा भने हेरिएको छैन ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]