default_image

5 years ago

April 8, 2020

रोनाल्डोले जति अरुले सक्दैनन्

99 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रान्सका पुर्व फरवार्ड लोइस साहाले समकालीन खेलाडीको रुपमा आफ्नो पूर्व सहयात्री पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

४१ वर्षीय साहाले एक अन्तर्वार्ताका क्रममा समकालीन फुटबलमा उनी उत्कृष्ट खेलाडी रहेको र उनले जस्तो अहिलेका कुनै पनि खेलाडीले गर्न नसक्ने दावीसमेत गरेका छन् ।  ‘रोनाल्डोले अहिले फरक–फरक देशको लिगमा हासिल गरेको उपलब्धिले उनी उत्कृष्ट खेलाडी रहेको पुष्टि गर्दछ । यस्तो सफलता अन्य खेलाडीले पाउन मुस्किल छ,’ लोइसले भने ।

‘उनले जति गरेका छन् । त्यसलाई जो कोहीले भेटाउन मुस्किल छ । उनको सफलता एकदमै लोभलाग्दो छ । रोनाल्डोप्रति मेरो ठुलो सम्मान छ । उनीसँग मैले खेल्ने अवसर पाए ।’ यस्तै साहाले रोनाल्डोले अझैपनि उही स्तरमा खेलिरहेको र उनी जो कोही युवा खेलाडीको आदर्श खेलाडी रहेको थपे ।

‘रोनाल्डोले यो उमेरमा पनि युभेन्टसबाट सानदार प्रदर्शन गरिरहेका छन् । उनको लागि उमेरको अंक ठुलो होइन । उनी त्यसबेला देखि नै क्षमतावान् थिए । जतिबेला मैले पहिलोपटक म्यानचेस्टर युनाइटेडमा खेलेका थिए ।’ साहाले भने । साहाले इटालीमा पनि थुप्रै उपाधि जित्न सक्ने बताएका छन् ।

साहाले चार सिजन २००४ देखि २००८ सम्म रोनाल्डोसँग खेलेको थिए । उनले २०१३ बाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् ।
रोनाल्डो २००३ मा म्यानचेस्टर युनाइटेडमा आएका थिए । २००९ सम्म त्यहाँ रहँदा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । त्यसपछि उनी स्पेनिस क्लब रियल म्याड्रिड पुगेका थिए । २००९ देखि २०१८ सम्म रियलमा रहँदा रोनाल्डोले ४३८ खेलमा ४५० गोल गरेका छन् । अहिले युभेन्टसमा रहेका रोनाल्डोले ७५ खेलमा ५३ गोल गरिरसकेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.