5 years ago
April 7, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले तत्काल फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा युवा स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्न नसक्ने स्थिति सिर्जना भएको छ ।
विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व अर्थतन्त्र नै धरासयी बन्ने अवस्थामा क्लबले पनि आर्थिक अवस्थालाई ध्यानमा राख्दै तत्काल एमबाप्पेलाई अनुबन्ध गर्न नसकिने अवस्था आएको बुझिएको छ । क्लबले आउदो समरमा एमबाप्पेलाई मोटो रकममा क्लबमा अनुबन्ध गर्ने योजना बनाइरहेको थियो । तर, वर्तमान अवस्थाका कारण एमबाप्पेलाई अनुबन्ध गर्न केही गाह्रो हुने छ । यसको मतलव क्लब लक्ष्यमा पुग्न सक्ने छैन । कोरोना त्रासका कारण अहिले विश्व खेलकुद गतिविधि नै ठप्प छ ।
क्लबले अर्काे सिजन २०२१ सम्ममा आर्थिक अवस्था सुधार हुन नसक्ने र त्यसपछि सुधार भएको अवस्थामा एमबाप्पे पहिलो रोजाईमै हुने स्रोतले बताएका छन् । स्पेनिस पत्रिका एएसका अनुसार उनीहरुको क्लबले अपेक्षा गरेको बजेट १८९ मिलियन पाउन्डबाट घटेर १३२ मिलियन पाउन्ड पुगेको छ । यो तथ्यअनुसार एमबाप्पेललाई तत्काल क्लबमा ल्याउन असहज हुनेछ ।
पीएसजीमा एमबाप्पेको सम्झौता २०२२ सम्म रहेको छ । तर, क्लबका प्रशिक्षक थोमस टचेलले २१ वर्षीय एमबाप्पे रोक्न कठिन हुने स्वीकार गरेका छन् । ‘म एक प्रशिक्षको नाताले उनलाई क्लबमै रहेको हेर्न चहान्छु । मलाई तपाई सोध्नुहुन्छ भने उनी जस्तो खेलाडी क्लबलाई आवश्यक छ,’ टचेलले भने, ‘यो फुटबल हो । हामी भोको छैनौं । धेरै क्लबहरु धेरै खेलाडीहरु स्थानान्तरण चहान्छन् । बजार पागल हो । जे पनि हुन सक्छ । हामी हाम्रो समस्या भेट्टाउन सक्नेछौं ।’
एमबाप्पेले पीएसजीमा आफ्नो भविष्यबारे बोलेका छन् । ‘यो मेरो लागि एकदमै महत्वपुर्ण पल हो । म आफ्नो करियरको उत्कृष्ट क्षणमा छु । यहाँ मैले धेरै कुरा सिक्ने अवसर पाएको छु । मलाई लाग्छ, पीएसजीमा मेरो जिम्मेवारी अझै छ । मलाई आशा छ । म नयाँ परियोजनाका साथ पीएजसीमै रहन सक्छु ।’
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]