5 years ago
April 7, 2020
एजेन्सी – स्पेनिस ला लिगाका तीन ठुला क्लब रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । लामो समयबाट पेनक्रिएटाईटिस नामक रोगबाट ग्रसित भएका प्रशिक्षक एन्टिकको सोमबर राति निधन भएको हो ।
स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडको प्रशिक्षण सम्हाल्ने उनी एक्ला प्रशिक्षक हुन् । सर्वियाका एन्टिकले एट्लेटिकोमा हुँदा ठूलो सफलता हात पारेपनि रियल र बार्सिलोनाबाट भने खासै सफलता आत पार्न सकेका थिएनन् ।
उनले सन् १९९५–९६ को सिजन ला लिगा र कोपा डेल रे को उपाधि जितेका थिए । प्रशिक्षण करियर शुरु गर्नुअघि एन्टिकले स्लोबोदा उजिस, पार्टिजन बेलग्रेड, फेनरवाच, रियल जारागोजा र लुटन टाउनबाट खेलेका थिए । सेन्टर ब्याकमा खेल्ने उनले युगोस्लाभियाका लागि समेत एक खेल खेलेका थिए ।
पार्टिजनमा सहायक प्रशिक्षकको रुपमा काम गरेपछि एन्टिकले सन् १९८८ देखि १९९० सम्म रियल जारागोजाबाट मुख्य प्रशिक्षणको जिम्मेवारी सम्हाले । त्यसपछि उनले १९९१ मा एन्टिन अल्फ्रेडो डे स्टेफानोलाई रिप्लेस गर्दै १९९१ मा रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए । क्लबले सोचेअनुरुपको प्रदर्शन गर्न नसकेपछि उनी अर्काे सिजन बर्खास्तीमा परेका थिए ।
त्यसपछि उनी रियल ओभिएडोमा दुई वर्ष प्रशिक्षक बने । त्यसपछि उनी एट्लेटिको मड्रिडका प्रशिक्षक बने । सन् २००३ मा लुइस भान गाललाई बर्खास्त गरेपछि एन्टिक बार्सिलोनाको प्रशिक्षक बनेका थिए । त्यसपछि लगत्तै उनी सेल्टा भिगोको प्रशिक्षक बने । ला लिगामा चार क्लबको प्रशिक्षक बनेपछि उनी २००८ देखि २०१० सम्म सर्वियाको प्रशिक्षक बनेका थिए । त्यसपछि एन्टिकले चिनियाँ क्लब सान्दोङ लुनेङ र हेबेई फर्चुनको प्रशिक्षण सम्हाले । खेलाडी र प्रशिक्षक बाहेक एन्टिकले कमेन्टेटरको काम पनि गरेका थिए ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]