default_image

5 years ago

April 7, 2020

फरवार्ड सनको सैन्य तालिम सुरु

113 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्सपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको अनिवार्य सैन्य तालिमका सुरु भएको छ ।  कोरोनाका कारण लिग प्रभावित भएपछि क्लबले उनलाई तालिममा सहभागी हुन दिएको हो ।

टोनेहमले सन १ महिनाको लागि आफ्नो देशको सेवाको लागि देश कोरिया जाने र उनी कम्तीमा पनि मेको मध्यपछि मात्रै उपलब्ध हुने विज्ञप्तिमा उल्लेख गरेको छ । दक्षिण कोरियामा २८ वर्षमुनिका पुरुषले अनिवार्य सैन्य सेवा दिनुपर्ने प्रावधान छ । सोही अनुसार सन कोरिया प्रस्थान गरेका हुन् । फरवार्ड सन जुलाईमा २८ वर्ष पुग्दैछन् ।

सन अहिले चोटका कारण मैदान बाहिर रहेका छन् । सनले फेब्रुअरी १८ मा एस्टन भिल्लामाथि ३–२ को जित निकालेको खेलमा हातमा चोट बोक्न पुगेका थिए । पछिल्लो महिना क्लबले सनलाई आफ्नो घर फर्कन अनुमती दिएको थियो । उनले सिजनका बाँकी खेलमा सहभागिता जनाउने सम्भावना न्यून छ । यद्यपि सिजन केहि लामो समय लम्बिएको खण्डमा उनले अन्तिमका केहि खेल खेल्न सक्नेछन् ।

सनकै कप्तानीमा दक्षिण कोरियाले सन् २०१८ मा एसियाली खेलमा स्वर्ण पदक जितेको थियो । सोही कारण उनको २१ महिनाको अनिवार्य सैन्य तालिममा छुट भएको थियो । उनले चार साताको अनिवार्य सैन्य तालिम भने गर्नुपर्ने भएकाले यो समय सदुपयोग गरेका हुन् । उनी मार्चको अन्त्यसम्म इंग्ल्यान्डमै सेल्फ क्वारेन्टाइनमा रहेका थिए । सन आफ्नो सैन्य तालिमपछि लन्डन फर्कनेछन् ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.