default_image

5 years ago

April 14, 2020

नयाँ सिजनअघि दुई साता मात्रै विश्राम

116 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले इंग्लिस प्रिमियरको लिगको नयाँ सिजन अघि दुई सातामात्रै ब्रेक गराउने तयारी गरेको छ ।

प्रिमियर लिगको यो सिजन कोरोना भाइरस (कोभिड–१९) कारण अन्त्य हुनेमा शंका छ । तर, पनि एफएले यो सिजनको प्रिमियर लिग जसरी पनि सकाउने योजना बनाएको छ । तर, नियमित तालिका अनुसार यो सिजन मे मा सकिने र अर्काे सिजन अगस्ट ८ बाट शुरु हुने तालिका थियो ।

एफएले प्रिमियर लिगका २० क्लबसँग भिडियो कन्फ्रेसमार्फत सिजनको बारेमा छलफल गरेको थियो । एफएले यो सिजन जुन देखि अगस्टमा सकाउने योजना बनाएको छ । अर्काे सिजन अगस्टबाट हुने तालिका छ । एफएफले प्रिमियर लिगका क्लबहरुलाई दुई सिजनको बीचमा कम्तीमा पनि दुई साताको मात्रै विश्राम हुन सक्नेबारे जानकारी गराएका छन् ।

क्लबले अघिल्लो सिजनको अन्त्यदेखि नै खेलाडीहरु फिट रहने, टिम पनि संगठित हुने र दुई साताको प्रि–सिजन ठीकै हुने बताएका छन् । यसअघिको प्रि सिजन झन्डै पाँच साता चल्ने गर्दथ्यो ।  तर, क्लब र मेडिकल स्टाफले दुई सिजनको अवधिमा दुई साताको विश्रामले खेलाडीको चोटको सम्भावनाबारे चिन्ता व्यक्त गरेका छन् ।

प्रिमियर लिगको ९ चरणको खेल बाँकी रहँदा मर्सिसाइड क्लब लिभरपुलले २५ अंकको फराकिलो अग्रता बनाएको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २८ खेलबाट ५७ अंक छ । लिभरपुललाई उपाधि जित्न केवल दुई जितको खाँचो छ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.