5 years ago
April 7, 2020
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच प्रशिक्षण शुरु गरेको छ । बायर्न म्युनिख कोरोना भाइरसको त्रासकाबीच प्रशिक्षण थाल्ने दोस्रो क्लब बनेको छ । यसअघि जर्मन क्लब बोरुसिया डर्टमन्डले गत सातादेखि प्रशिक्षण थालेको थियो ।
कोरोनाको कारण विश्व खेलुकद नै ठप्प बनेर शुरु हुने तर्खर पनि नहुदा क्लबले खेलाडीको फिटनेसको लागि सानो समूह बनाएर सोमबारदेखि प्रशिक्षण थालेको हो । बायर्नले क्लबका शीर्ष खेलाडीहरुले सोमबारदेखि प्रशिक्षण थालेको बताएको छ । पहिलो दिनको प्रशिक्षणमा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, थोमस मुलर, किङ्से कोमान, निकोलस सुल, फिलिपे कौटिन्हो, म्यानुयल निउर, लियोन गोरेट्का, जोसुवा किम्मिच र जेरोमी बोएटिङको उपस्थिति रहेको थियो ।
जर्मनी अझै पनि लकडाउनमै रहेकाले क्लबले प्रशिक्षणमा लकडाउनको नियम पालना गर्दै वान अन वान ड्रिलको प्रशिक्षण गरेको थियो । बायर्नले १३ मार्चयता प्रशिक्षण गरेको थिएन । बायर्नले विज्ञप्ति जारी गर्दै बायर्नको पहिलो टोलीले सोमबारदेखि सानो समूह बनाएर प्रशिक्षण थालेको उल्लेख गरेको छ । ‘हामीले यो सरकारसँग समन्वय गर्दै प्रशिक्षण शुरु गरेका हौं । प्रशिक्षणमा हरेक खेलाडीले एक्लै एक्लै खेल्नेछ । प्रशिक्षणमा सर्वसाधारणलाई निषेध गरिएको छ ।’ बायर्नले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै जर्मनीको अर्काे क्लब साल्कले पनि सोमबारदेखि नै प्रशिक्षण शुरु गरेको छ । जर्मन बुन्डेस लिगाको २५औं चरणको खेल सकिदा बायर्न ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको ५१ अंक छ । बुन्डेस लिगमा ९ चरणको खेल बाँकी छ । जर्मनीमा १ लाख भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । १५ सय बढीले ज्यान गुमाइसकेको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]