default_image

5 years ago

April 7, 2020

क्लबहरु भन्दा मेस्सी अगाडि

143 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी फुटबल इतिहासकै उकृष्ट खेलाडी मध्ये एक हुन् भन्ने चर्चा गरिन्छ । खेल जीवनमा प्राप्त गरेका सफलता र उनको खेल कौशलकै कारण उनलाई उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । विश्व फुटबलका सबै भन्दा ठूलो व्यक्तिगत अवार्ड बालोन डी ओर मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् ।

३२ वर्षे फरवार्डले जारी सिजनमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनले सबै खाले प्रतियोगितामा ३१ खेल खेल्ने क्रममा २४ गोल गर्नुका साथै १६ गोलमा एसिस्ट गरेका छन् । उनकै उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोना स्थगित हुँदाको अवस्थामा ला लिगाको शीर्षस्थानमा रहेको छ । त्यस्तै च्याम्पियन्स लिगमा पनि टोलीले दाबेदारी प्रस्तुत गरिरहेको छ ।

यो सिजन २४ गोल गर्ने क्रममा मेस्सीले ८ खेल पेनाल्टी बक्स बाहिरबाट गरेका छन् । जुन युरोपका शीर्ष ५ लिगका कुनै पनि क्लबले गरेको भन्दा बढी हो । मेस्सी पछि पेनाल्टी बक्स बाहिरबाट गोल गर्ने टोलीमा चेल्सी र म्याचेस्टर युनाइटेड संयुक्त रुपमा दोस्रो नम्बरमा रहेका छन् । दुवै टोलीले समान ७ गोल गरेका छन् । त्यस्तै लिभरपुल र रियल म्याड्रिडले समान ६ गोल गरेका छन् ।

कोरोना भाइरस कोभिड १९ का कारण लिग स्थगित नभएको भए मेस्सीको त्यो आँकडा अझै बढी हुन सक्थ्यो । तर विश्वव्यापी रुपमा कोरानाले महामारीको रुप लिएपछि युरोपका अधिकांश लिग स्थगित छन् । कोरोना नियन्त्रणमा आइनसकेकोले लिग कहिलेबाट सुरु हुने भन्ने अवस्था छैन ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.