5 years ago
April 6, 2020
एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाको आमाको मृत्यु भएको छ ।
स्पेनी नागरिक गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियो ८२ वर्षकी थिइन् । म्यानचेस्टर सिटीले एक विज्ञप्ति जारी गर्दै गुआर्डीओला र उनको परिवारलाई समवेदना प्रकट गरेको छ । गुआर्डीओलाले खेलाडीको रुपमा स्थानीय क्लब बार्सिलोनामा खेलेका थिए । त्यसपछि प्रशिक्षकका रुपमा बार्सिलोनामा सफल रहेका उनी बायर्न म्युनिख हुँदै सिटी आएका हुन् ।
सिटीली जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘म्यानचेस्टर सिटी परिवार प्रशिक्षक पेप गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियोको मृत्युको दुखद घडीमा छ । बार्सिलोनामा कोरोना भाइरसका कारण ज्यान गुमाएकी उनी ८२ वर्षकी थिइन् । क्लबसंग सम्बद्ध सबैको तर्फबाट यो दुखद घडीमा पेप, उनको परिवार र साथीलाई समवेदना प्रकट गर्दछौं ।’
स्पेन कोरोनाका कारण निकै असर परेको राष्ट्रमा पर्दछ । हालसम्म स्पेनमा १३ हजार बढीले ज्यान गुमाइसकेका छन् भने १ लाख ३५ हजारमा संक्रमण देखिएको छ । ४० हजार संक्रमित भने ठिक भैसकेका छन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]