5 years ago
April 7, 2020
एजेन्सी – रियल म्याड्रिड र स्पेनका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केले ब्राजिलियन स्टार नेयमारले गर्ने विवादस्पाद हर्कत आफुलाई मन नपर्ने बताएका छन् । खेलजीवनमा ब्राजिलियन फरवार्ड नेयमार मैदानमा अभिनय गर्नेमा माहिर भनेर बदनाम छन् ।
‘मेरो लागि उनी राम्रो उदाहारण दिने खेलाडी होइनन् । उनी खेलाडीका रुपमा राम्रो खेलाडी हुन्’, डेल बोस्केले भने, ‘मरो लागि विश्वका उत्कृष्ट ५ खेलाडीमा उनी पनि पर्दछन् । तर उनी मैदानमा एकदमै नाटक र छल गर्छन् ।’
विश्व नै अहिले कोरोना भाइरस कोभिड १९ ले आक्रांत छ । विश्व नै यति बेला निरह भएर घुँडा टेकिरहेको छ । डेल बोस्केले यो महामारीले सबैलाई अझ त्यसमा पनि त्यसमा पनि विशेष गरि राजनीतिकहरु पाठ भएको बताएका छन् ।
‘कसैलाई पनि सबै कुरा थाहा हुन्न । सबैको विचारको सम्मान गर्नुपर्दछ र यसबाट सक्निुपर्दछ,’ उनले भने, ‘अहिले धेरैको मृत्यु भइरहेको छ । यो बेलामा सबैले यो अवस्थालाई गम्भिरतापूर्वक लिनुपर्दछ । कोरोनाको अति प्रभावित देशमा स्पेन एक हो ।’
कोरोनाले युरोपियन फुटबललाई निकै असर गरेको छ । डेल बोस्केले यो सिजनको अन्त्यसम्ममा भएपनि सकाउनुपर्ने तर्क गरको छन् । ‘घरेलु लिग सकिनु पर्छ ,’ उनले भने, ‘च्याम्पियन, रेलिगेसन र बुढुवा सबैको टुंगो लाग्नुपर्दछ । मलाई लाग्छ सिजनको अन्त्य गरिनै पर्दछ । ‘
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]