5 years ago
April 6, 2020
एजेन्सी – ब्राजिल तथा इंग्लिस क्लब चेल्सीका मिडफिल्डर विलियनले क्लबसँगको सम्झौता नवीकरण असम्भव रहने बताएका छन् । २०१३ देखि लन्डन क्लब चेल्सीमा रहेका विलियनको सम्झौता २०२० जुनमा सकिदैछ ।
क्लबले ३१ वर्षीय विलियनको सम्झौता २ वर्ष थप्ने तयारी गरिरहेको छ । तर, विलियन क्लबसँग तीन वर्ष सम्झौता हुनुपर्ने माग राखेका छन् । ‘त्यहाँ नयाँ सम्झौता हुने सम्भावना छैन । किनकि मलाई चेल्सीले दुई वर्षको नयाँ सम्झौताका लागि भनेको छ । मैले तीन वर्षको हुनुपर्ने माग राखेको छु,’ विलियनले भने, ‘तर, चेल्सीले मेरो माग पुरा गर्न इच्छुक छैन । त्यसैले मलाई लाग्छ यहाँ सम्झौता नविकरण हुन धेरै गाह्रो छ । सबैलाई थाहा छ । मेरो करार आउदो जुनमा सकिदैछ । मलाई लाग्छ म अब चेल्सीमा रहने छैन ।’
विलियनलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चासो देखाइरहेको छ । बार्सिलोनाले अर्काे ब्राजिली प्ले मेकर कौटिन्होलाई चेल्सी पठाएर विलियनलाई अनुबन्ध गर्न सक्ने योजना बनाएको छ ।
‘यहाँ के हुन्छ हामीलाई थाहा छैन । हामी सम्झौतामा पनि पुग्न सक्छौं । तर, आजको अवस्थामा म के भन्न सक्छु भने, यो अवस्थामा जुनमा मेरो सम्झौता सकिनेछ । म त्यसपछि स्वतन्त्र हुनेछु । म अन्यत्र कतै जान सक्छु,’ विलियनले भने, ‘मैले चेल्सीमा एकदमै राम्रो समय बिताएको छु । विशेष रुपमा यहाँको समर्थक र यहाँ काम गर्ने मानिसहरु मन पराउछु । मैले यहाँ आफुलाई धेरै व्यवस्थित महसुस गरेको छु ।’
विलियनले यो सिजन ३५ खेलमा ६ गोल गरेका छन् । विलियन २०१३ मा रसियन क्लब एफसी एन्जी माखाच्कालाबाट ३० मिलियन पाउन्डमा चेल्सीमा आएका थिए । त्यसअघि उनले साख्तर डोनेस्कमा ७ सिजन बिताएका थिए । विलियनले चेल्सीबाट २२६ खेलमा ३३ गोल गरेका छन् । उनले चेल्सीबाट दुई पटक इंग्लिस प्रिमियर लिग र समान एकपटक युरोपा लिग, एफए कप र इंग्लिस फुटबल लिग कप जितेका छन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]