default_image

5 years ago

April 6, 2020

जिदानको योजनामा बेल थिएनन्

116 views

0 Bookmark

एजेन्सी – जिनेदिन जिदानले दोस्रो पटक रियल म्याड्रिडको कमान सम्हाल्दा उनको योजनामा ग्यारेथ बेल थिएनन् । तर, बेललाई बेच्ने योजना सफल नभएपछि वेल्सका फरवार्डलाई लिएर खेलाउनु पर्ने अवस्थामा जिदान पुगे ।

जुलाईमा फ्रान्सेली प्रशिक्षकले भनेका थिए मलाई बेल टोलीमा चाहिदैन । तर बेल क्लब छाडेर जाने परिस्थिति बनेन । जसलाई स्वीकार्दै जिदानले बेललाई सिजनको पहिलो खेलमै पहिलो रोजाईमा राखे । तेस्रो खेलमा उनले भिल्लारियलविरुद्ध गोल पनि गरे । त्यसपछि भने बेलबाट गोल निस्केन ।

रियलमा अहिले सर्वाधिक पारिश्रमिक लिने बेलले सेप्टेम्बर १ देखि गोल गरेका छैनन् । लगातार दोस्रो सिजन उनले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन् । बेलका मैदान बाहिरको गतिविधि पनि विवादित रहे । घाइते भएको बताउँदै आराम गरिरहेका बेल एक पटक वेल्स, गल्फ , म्याड्रिडको ब्यानर बोकेका थिए । चोटकै काराण देखाउँदै उनी सुपर कप डी स्पानामा अनुपस्थित रहे ।

बेलले बेला बेला टोलीको अनुशासन तोडेकै कारण ओलोचन पनि खेप्नु परेको थियो । कतिपय अवस्थामा आफु नखेलेको दिन उनी चाँडै रंगशालाबाट बाहिरिने गरेका थिए । यहि अवस्थाको निरन्तरता रहँदा बेल जिदानको रोजाईमा पर्ने छैनन् । त्यसले पनि यसपटक रियलले बेललाई बेच्ने सम्भावना बढी छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.