5 years ago
April 6, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण अनिश्चित कालको लागि स्थगित भएको युरोपेली क्लब फुटबलको शीर्ष दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग अगस्टमा सकाउने तयारी भइरहेको बताएका छन् ।
जर्मन टेलिभिजनसँगको कुराकानीका क्रममा युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफरिनले हालको अवस्थामा प्रतिया्गिता कहिलेबाट शुरु हुन्छ भन्न नसकिने अवस्था रहेपनि अगस्टको पहिलो सातामा च्याम्पियन्स र युरोपा लिगको फाइनल सकाउने योजना र तयारी भइरहेको बताएका हुन् ।
‘कोरोनाको त्रास कहिलेसम्म रहन्छ । तबसम्म निर्णय गर्न सकिने अवस्था छैन । सामान्य अवस्था हुदै गएपछि हामी यसबारेमा निर्णय गर्नेछौं । सम्भवत जुलाईमा खेलहरु सुचारु हुनेछ,’ अध्यक्ष सेफरिनले भने, ‘हामीले आन्तरिक रुपमा अगस्ट ३ मा च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेलाउने योजना बनाइरहेका छौं । यसबारे निर्णय हुन बाँकी छ ।’
यस्तै अध्यक्ष सेफरिनले क्वाटरफाइनलदेखि सिंगल्स राउन्डमा खेलाउनेबारे पनि योजना बनाइरहेको थपे । ‘हामीलाई यो सिजन सकाउनु छ । यसअघिको होम एन्ड अवेलाई यसपटक सिगल्स राउन्डमा न्युट्रल भेन्युमा खेलाउने कि भन्नेबारे छलफल भएको छ,’ अध्यक्ष सेफरिनले भने, ‘यसबाट क्वाटरफाइनलबाट ४ र सेमिफाइनलबाट दुई खेल कटौती हुनेछ । यसले पनि सिजन सकाउन र कोरोनाको त्रास केही हदसम्म कम हुनेछ ।’
उनले प्रि–क्वाटरफाइनलको दोस्रो लेगको बाँकी खेल भने हुने थपेका छन् । स्पेनिस एट्लेटिको मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब एटलान्टा र जर्मन क्लब आरबी लाइप्जिगले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएका छन् । दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी छ ।
यसअघिच्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा ३० मेलाई तथा युरोपा लिगाको फाइनल पोल्यान्डमा २७ मेलाई तय भएको थियो ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]