5 years ago
April 6, 2020
एजेन्सी – इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमक्ष अनुबन्धको लागि शर्त राखेको छ ।
सान्चोले म्यानचेस्टर युनाइटेड अर्काे सिजन च्याम्पियन्स लिगमा छनोट हुन सकेको अवस्थामा मात्रै त्यहाँ आउन सक्ने र अन्यथा अनुबन्ध प्रस्ताव अस्वीकर गरिने बताएको छ । पछिल्लोपटक युरोपियन क्लव फुटबलमा चर्चामा रहेका खेलाडी सान्चोले यदि युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन नसके आफु नआउने बताएको रिपोर्टले उल्लेख गरेको छ ।
२० वर्षीय युवा स्टार सान्चो अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँगै चेल्सीले दौडधुप गरिरहेका छन् । युनाइटेडलाई शर्त राखेपनि चेल्सीको लागि भने यो अवसर खुल्ला रहेको छ । द सनका अनुसार २० बर्षे सान्चोले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने चाहना राखेको र अर्को क्लवमा जाँदा त्यो मौका अनिवार्य पाउनुपर्ने मनसायमा छन् ।
डर्टमन्डका विंगर सान्चोलाई अनुबन्ध गर्ने योजना लिभरपुलले ड्रप गरेको थियो । युनाइटेड सान्चोलाई साताको चार लाख पाउण्डमा अनुबन्ध गर्न तयार रहेको बताइएको छ । यो सिजनको बुन्डेस लिगामा उत्कृष्ट प्रदर्शन गरेका सान्चोले १७ गोल गर्नुका साथै १९ असिष्ट दिएका छन् । डर्टमन्डले सान्चोलाई कम्तीमा पनि १०० मिलियन पाउन्डमा बेच्ने तयारी गरेको छ ।
चेल्सी र युनाइटेडले सान्चोलाई मोटो रकम खर्चन तयार छ । तर, कोरोना भाइरसको कारण पनि क्लबलाई केही प्रभाव पर्न सक्नेछ । युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा रहेको छ । ३ अंक बढी रहेको चेल्सी चौथो स्थानमा रहेको छ ।
विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण प्रिमियर लिगसहित विश्वको फुटबल गतिविधि ठप्प छ । अप्रिल अन्तिमसम्म लिगहरु स्थगित गरिएपनि त्यसपछि शुरु हुने या नहुने भन्न सकिने अवस्था नै बनेको छैन ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]