5 years ago
April 16, 2020
एजेन्सी – ओस्कार टाबारेजले राजीनामा गरेपछि जर्मनीका जोचिम लो सबै भन्दा लामो समय कुनै पनि राष्ट्रिय टोली सम्हाल्ने प्रशिक्षक बनेका छन् । टाबारेजले सन् २००६ देखि उरुग्वेको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका थिए । हालै उनीसहित ४ सय जनालाई उरुग्वे फुटबल संघले पदमुक्त गरेको थियो ।
सन् २००४ मा योगर्न क्लिन्स्म्यानका सहायक प्रशिक्षक बनेका लोले २००६ जुलाई १२ मा जर्मन टोलीको बागडोर सम्हालेका थिए ।
झन्डै डेढ दशक लामो प्रशिक्षणमा लोले जर्मन फुटबलमा एउटा विरासत बनाएका छन् । प्रशिक्षण र रणनीति भन्दापनि खेलाडीबीचको समन्वय र मनोबल उच्च पार्नेमा लोलाई माहिर मानिन्छ ।
जर्मन टोलीमा आबद्ध हुनु अघि लोको क्लब प्रशिक्षण भने खासै उल्लेखनिय छैन । १९९७ मा उनले स्टुटगार्टका लागि डिएफबी पोकल ट्रफी जिताएका थिए । त्यसको ५ वर्षपछि उनको प्रशिक्षणमा एफसी टिरोल अष्ट्रियन च्याम्पियन बनेको थियो । ती दुई सफलताका बीचमा लोले जर्मन फुटबलको दोस्रो डिभिजनको कार्लस्रुहर एसजीलाई प्रशिक्षण दिएका थिए ।
तर, १८ खेलमा १ खेलमात्र जितेपछि क्लबले उनलाई बर्खास्त गरेको थियो । त्यस्तै २००० उनी टर्किज क्लब एडास्पेरमा आबद्ध भए । एक वर्ष त्यहाँ रहँदा उनले कुनै सफलता पाउन सकेनन् । २००६ को विश्व कपमा तेस्रो स्थान प्राप्त गरेपछि जर्मन फुटबल संघले लोलाई लिएर जोखिम मोल्यो र उनलाई मुख्य प्रशिक्षक नियुक्त गर्यो ।
लोले राष्ट्रिय टोलीले आक्रमण फुटबल खेल्नु पर्नेमा जोड दिएका हुन् । त्यसको प्रभाव पनि टोलीमा पर्दै जान थाल्यो । जर्मनी टोली युरोपियन च्याम्प्यिनसिपमा उपविजेता बन्यो । फाइनलमा टोली फ्रान्ससँग पराजित भएको थियो । माइकल बालाक, ट्रोस्टेन फ्रिन्ङ्स र जेन्स लेहमानको त्यो अन्तिम प्रतियोगिता थियो । त्यो समयमा फिलिप लाहम, बास्टियन स्वान्सटाइगर र लुकास पोडोलोस्कीहरुले टोलीलाई सम्हालेका थिए ।
युरोपियन च्याम्पियनको फाइनल खेलेको २ वर्षपछि जर्मनी टोली विश्व कपको सेमिफाइनलमा पुगेको थियो । त्यहाँ टोली स्पेनसँग पराजित भयो । त्यसअघि जर्मनीले इग्ल्यान्डलाई ४–१ र अर्जेन्टिनालाई ४–० ले हराएको थियो । मसुट ओजिल, सामी खेडिरा, थोमस मुलरहरु टोलीका महत्वपूर्ण सदस्यका रुपमा अघि बढ्दा भने गोलपोष्टमा म्यानुल नुयोरको बलियो उपस्थिति रह्यो ।
२०१२ को युरोपिनय च्याम्पियनसिपमा जर्मनी फेरि सेमिफाइनल भन्दा अघि बढ्न सकेन । तर, टोली २०१४ मा पुगेर विश्व कप जित्न सफल भयो । आयोजक ब्राजिललाई सेमिफाइनलमा ७–१ ले हराएको जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १–० ले निराश पारेको थियो ।
२०१६ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा फ्रान्ससँग पराजित जर्मनी पछिल्लो विश्व कपमा भने समूहच चरणबाटै बाहिरिएको थियो । त्यसका बावजुद पनि जर्मन फुटबलले लोमाथिको विश्वासलाई यथावत राखेको छ ।
पछिल्लो समयमा थोमस मुलर, जेरोमी बोएटेङ र माट्स हुमेल्सले टोलीमा पर्न छाडिसकेका छन् । नयाँ खेलाडीकाहरुको आगमन भएको छ । लोले पुराना खेलाडीले अब नयाँ खेलाडीलाई स्थान दिनुपर्ने भन्दै उनीहरुलाई टोलीमा नसमेट्ने घोषणा गरेका थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]