default_image

5 years ago

April 5, 2020

रोनाल्डोलाई प्रश्न–‘म विश्व विजेता हो, तिमी को हौ ?

127 views

0 Bookmark

एजेन्सी – जोसे माउरिन्होले रियल म्याड्रिडको प्रशिक्षक बनेपछि पहिलो पटक सन् २०१० को नोभेम्बर २ मा एल क्लासिकोमा बार्सिलोनाको सामना गरेको थियो । त्यो खेलमा रियलले ५–० लज्जास्पद हार बेहोरेको थियो । खेल आधा घन्टा बित्दानै रियल २–० ले पछि परेको थियो ।

त्यत्ति बेला बल आउट भयो । भ्रमणकारी टोली रियलले थ्रो इन पाएको थियो । बल लिन फरवार्ड क्रिस्टियानो रोनाल्डो अघि बढे । बार्सिलोनाका तत्कालिन प्रशिक्षक पेप ग्वार्डिओलाले बल उठाएर अघि बढाए । तर जति बेला रोनाल्डोले बल लिन खोजे ग्वार्डिओलाले बल भुईमा झार्दिएका थिए ।

त्यसपछि रोनाल्डोले ग्वार्डिओलाई धक्का दिए । जसले खेलमा तनावको स्थिति सृजना भयो । बार्सिलोनाका खेलाडी रोनाल्डोसँग विवादमा उत्रिए । जसमा आन्द्रे इनियस्टा, गोलकिपर भिक्टोर भाल्डेस, पेद्रो रोड्रिग्वेजले रोनाल्डोसँग विवाद गरे । त्यहि क्रममा पेद्रोले रोनाल्डोलाई भने, ‘म विश्व च्याम्पियन हो । तिमी को हौं ?’

त्यसको केहि दिन अघि पोर्चुगलले स्पेनलाई ४–० ले हराउँदा बार्सिलोनाका थ्रुपै खेलाडी टोलीमा थिए । त्यति बेला पनि उनीहरु रोनाल्डोसँग विवाद गरेका थिए ।

तर, एक पटक फिफाका तत्कालिन अध्यक्ष सेप ब्लाटरले रोनाल्डोलाई गिज्याउँदा पेद्रो युभेन्ट्सका सुपर स्टारको पक्षमा उभिएका थिए । सन् २०१३ को नोभेम्बरमा पेन्द्रले भनेका थिए, ‘रोनाल्डो माथि ब्लाटरले जे गरे मलाई त्यो सहि लागेन ।’

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.