default_image

5 years ago

April 5, 2020

‘मेस्सी नै इतिहासका सर्वश्रेष्ठ’ – जाभी

151 views

0 Bookmark

एजेन्सी – स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका लेजेन्ड जाभीले अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी फुटबल इतिहासको सर्वश्रेष्ठ खेलाडी रहेको बताएका छन् ।

हाल कतारी क्लब अल सादको प्रशिक्षक रहेका ४० वर्षे जाभीले मेस्सी इतिहासको सर्वश्रेष्ठ खेलाडी रहेको बताए । उनले आफ्नो पुर्व सहयात्री ब्राजिल तथा बार्सिलोनाका रोनाल्डिन्हो, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलकै रोनाल्डो पनि फुटबलको सर्वश्रेष्ठ खेलाडी रहेको र उनीहरुलाई बिर्सन नहुने बताएका छन् ।

‘रोनाल्डिनो सर्वश्रेष्ठ स्तरमा छन् । तर, उनमा स्थिरताको अभाव देखियो । उनी सर्वश्रेष्ठ रहन नसक्नुमा स्थिरताकै अभाव देखियो । विगतको केही वर्षको स्थिरताका कारण मेरो लागि मेस्सी मात्र रोनाल्डिन्होभन्दा माथि छन्,’ ब्राजिली आउटलेट ग्लोबोसँगको जाभीले भने, ‘मेस्सी इतिहासको सर्वश्रेष्ठ हो । तर, रोनाल्डिन्हो पनि सर्वश्रेष्ठ नै हुन् । यो समूहमा रोनाल्डो, र क्रिस्टियानो रोनाल्डो पनि छन् ।’

जाभीले बार्सिलोनामा रोनाल्डिन्हो र मेस्सीसँगै खेलेका थिए । २००८ को समरमा पेप ग्वार्डिओला बार्सिलोनाको मुख्य प्रशिक्षक भएपछि मेस्सीले रोनाल्डिन्होलाई प्रतिस्थापन गरेका थिए । रोनाल्डिन्होले बार्सिलोनामा रहँदा लगतार दुईपटक २००४ र २००५ मा फिफा विश्व वर्ष खेलाडीको अवार्ड जितेका थिए । उनले च्याम्पियन्स लिग र दुईपटक स्पेनिस ला लिगाको उपाधि जितेका छन् ।

ब्राजिली रोनाल्डिन्होको तुलनामा मेस्सीले ६ पटक बालोन डिओर, चारपटक च्याम्पियन्स लिग र १० पटक स्पेनिस ला लिगा जितेका छन् । मेस्सीले यो सिजन ३२ खेलमा २४ गोल गरेका छन् । अहिले कोरोना भाइरसको महामारीको कारण विश्व खेलकुद गतिविधि ठप्प छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.