default_image

5 years ago

April 5, 2020

मार्टिनेजले रियललाई नकारेको खुलासा

168 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलमा चर्चाको शिखरमा रहेका अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेजलाई ठूला क्लबहरुले पछ्याईरहेका छन् । इन्टर मिलानमा दोस्रो सिजन उत्कृष्ट रहेपछि इटालियन क्लबलाई उनको सम्झौता नविकरण गर्न निकै दबाब परिरहेको छ ।

मार्टिनेजले जारी सिजन सिरी ए र च्याम्पियन्स लिग गरेर कुल १६ गोल गरेका छन् । रोमेलु लुकाकुको उपस्थितिले उनको प्रदर्शन झनै निखारिएको छ । त्यसैले पनि क्याटलान क्लब बार्सिलोनाले उनलाई लुइस सुआरेजको विकल्पका रुपमा अनुबन्ध गर्न खोजिरहेको छ । बार्सिलोनाले मेस्सीसँग राम्रो समझदारी रहेकाले पनि उनलाई अनुबन्ध गर्न खोजेको बुझिएको छ ।

यसबीचमा मार्टिनेजले आफ्नो युवा अवस्थामा नै रियल म्याड्रिडले गरेको अनुबन्धनको प्रयासलाई नकारेको खुलासा भएको छ । रेसिङ अभेल्लानेदाका अध्यक्ष भिक्टर ब्लांकोले मुन्दो डेपोर्तिभोलाई दिएको अन्तर्वार्तामा रियलको प्रयासलाई अर्जेन्टिनी फरवार्डले सिधै नकारेको बताएका हुन् ।

‘उनी १८ वर्षको हुँदा युथ टोलीमा थिए । रियलले गरेको प्रस्तावलाई उनले सिधै नकारे,’ ब्लांकोले थपे, ‘रियलले सुरुवातमा लोनको प्रस्ताव राखेको थियो । त्यसपछि मात्र उनको ट्रान्सफर फी विषयमा छलफल गर्ने योजना थियो । तर मार्टिनेजले आफू रेसीङमै रहने र आफ्नो बेग्लै योजना रहेको बताए ।’

‘म व्यक्तिगत रुपमा र क्लबको हितका लागि उनले गरेको निर्णयको स्वगत गर्छु । उनले क्लबको बारेमा सोचे र निकै राम्रो प्रदर्शन गरे । उनले एक एक कदम सोचेर चाले र अहिले जुन स्थानमा छन्, त्यसलाई लिएर मा निकै खुसी छु ।’

मार्टिनेजले हाल आफ्नो भविष्यको बारेमा बोल्न चाहेका छैनन् । अर्जेन्टिनी राष्ट्रिय टोलीमा समेत नियमित सदस्य रहेका उनले इन्टरबाट लिग उपाधि जित्ने लक्ष्य राखेका छन् । बार्सिलोनाको प्रस्तावबारे भने इन्टरले पनि केहि प्रतिक्रिया जनाएको छैन ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.