5 years ago
April 5, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच तथा इटालियन क्लब युभेन्टसका डिफेन्डर म्याथिज डि लिग्टलाई अनुबन्ध गर्न मिडफिल्डर पाउल पोग्बालाई युभेन्टस पठाउने योजना बनाएको छ ।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर फ्रान्सेली खेलाडी पोग्बालाई सिरि ‘ए’ क्लब युभेन्टस पठाएर युवा डिफेन्डर डि लिग्ट अनुबन्ध हुनेमा आशावादी छन् । तर, यि दुवै खेलाडीलाई स्पेनिस क्लब रियल म्याड्रिडले पनि चासो देखाइरहेको छ ।
यस्तो अवस्थालाई ध्यानमा राख्दै युनाइटेडले पोग्वासँग डि लिग्ट साट्न तयार रहेको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण सरुवा रकम सस्तो हुने सक्नेछ ।
यसै समरमा डच क्लब आयाक्सबाट ६८ मिलियन पाउन्डमा युभेन्टस पुगेका २० वर्षीय युवा स्टार डि लिग्टले सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । उनको चाहना प्रिमियर लिग खेल्ने रहेको छ ।
युनाइटेडसँग अझै एक वर्षको सम्झौता बाँकी रहेपनि २७ वर्षीय पोग्बा ओल्ड ट्राफोर्ड छोड्दै पुर्व क्लब युभेन्टस फर्कने मनासयमा छन् । पोग्वाको चाहना युभेन्टसमा क्रिस्टियानो रोनाल्डोसँग खेल्ने रहेको बुझिएको छ।
म्यानचेस्टरकै युथ एकेडेमीका पोग्वाले २०१२ देखि २०१६ सम्म युभेन्टसमा बिताएका थिए । त्यसपछि उनी म्यानचेस्टरमा फर्किएका थिए । पोग्वाले युभेन्टसबाट ४ सिरी ‘ए’ उपाधि र समान दुई कोपा इटालिया र सुपर कोपा इटालिया जितेका छन् । युनाइटेडबाट युइएफए युरोपा लिग र इएफएल कप जितेका छन् ।
फ्रान्सले २०१८ मा विश्वकप जित्न पोग्वा टोलीका महत्वपुर्ण सदस्य थिए । यस्तै आयाक्सले अघिल्लो सिजन अविश्वनीय रुपमा च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा तय गर्दा डि लिग्ट टोलीको महत्वपुर्ण सदस्य रहेका थिए ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]