default_image

5 years ago

April 5, 2020

काकाले रोजे मेस्सी

118 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड तथा इटालियन क्लब एसी मिलानका ब्राजिली स्टार प्लेमेकर रिकार्डाे काकाले आधुनिक फुटबलका दुई हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये मेस्सी रोज्ने बताएका छन् ।

गोलडटकमको प्रश्नोत्तर कार्यक्रमको जवाफ दिने क्रममा इन्स्टाग्रामबाट लाइभमा काकाले अहिलेको विश्व फुटबलमा दुवै सर्वश्रेष्ठ रहेको तर, आफ्नो रोजाई मेस्सी रहने बताएका हुन् । ‘मैले रियलबाट रोनाल्डोसँग खेलेको छु । उनी वास्तवमै अचम्मका छन् । तर, म मेस्सी रोज्छु,’ काकाले भने, ‘उनी एक प्रतिभाशाली, विशुद्ध प्रतिभावान हुन् । उनले खेल्ने तरिका अविश्वसनीय छ ।’

यस्तै काकाले रोनाल्डो एक मेसिनको रुपमा रहेको समेत बताए । ‘रोनाल्डो एक मेसिन हो । रोनाल्डो शक्तिशाली र छरितो मात्र होइन । मानसिक रुपमा समेत अब्बल छन् ,’ एक पटकको बालोन डिओर विजेता काकाले भने, ‘उनी जहिले पनि उही स्तरमा खेल्न सक्छन् । उनी हार चाहदैनन् । यो नै रोनाल्डोको सबैभन्दा अविश्वसनीय चीज होे ।’ काकाले आधुनिक फुटबलमा मेस्सी र रोनाल्डो दुवैलाई एकै समयमा देख्न पाउनु गर्वको कुरा रहेको बताए ।

काकाले सन् २००७ को बालोन डी’ओरमा रोनाल्डो र मेस्सीलाई पछि पार्दै अवार्ड जितेका थिए । रोनाल्डो दोस्रो तथा मेस्सी तेस्रो स्थानमा रहेका थिए । त्यसपछिको १२ संस्करणमा यि दुई खेलाडीले बालोन डि’ओरको अवार्ड ११ पटक बाँडेका छन् ।

एक संस्करणमा क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका लुका मोड्रिचले अवार्ड हात पारेका थिए । मेस्सीले ६ पटक तथा रोनाल्डोले ५ पटक बालोन डी’ओर जितेका छन् । यी दुई खेलाडीमध्ये को उत्कृष्ट भन्नेमा सधै विवाद रहदै आएको छ ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.