default_image

5 years ago

April 5, 2020

डेम्वेले ‘गोल्डेन अफर’ मा बेच्नेछौंः बार्सिलोना

117 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना फ्रेन्च स्टार विंगर औसमाने डेम्वेलेलाई खराव मनासयले बेच्ने कुनै मनसाय नबनाएको बताएका छन् ।

२०१७ मा ब्राजिली स्टार नेयमारको विकल्पमा ल्याइएको यि स्टार लगातार चोटसँग जुधिरहेपछि बार्सिलोनाले आउदो समरमा बेच्ने योजना बनाइसकेको छ । तर, बार्सिलोनाले उनलाई गलत मनासयले बेच्ने योजना नबनाएको र उनको लागि ‘गोल्डेन अफर’ मात्रै स्वीकार्ने बताएको स्पेनिस पत्रिका इएल मुन्डो डिर्पोटिभोमा उल्लेख छ ।

 

जर्मन क्लब बोरुसिया डर्टमन्डबाट १०० मिलियन पाउन्डमा २०२२ सम्म बार्सिलोना आएका डेम्वेलेले ३ वर्षको अवधिमा ६३ खेल गुमाइसकेको छ । २२ वर्षीय डेम्वेलेले गत फेब्रुअरीमा पुनः चोट बोक्दै ६ महिना मैदान बाहिर रहेका छन् । उनको फिनल्यान्डमा उपचार भइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण फुटबल गतिविधि रोकिएका कारण खेल सुचारु भएको अवस्थामा उनले चोटबाट पूनरागमन गर्दै खेल्ने सम्भावना छ ।

डेम्वेले र अर्का उरुग्वेली फरवार्ड लुइस सुआरेज पनि घाइते भएपछि बार्सिलोनाले इर्मजेन्सी अनुबन्धको प्रावधान अनुसार गत जनवरीमा लेगानेसबाट डेनिस फरवार्ड मार्टिन ब्रेथवेटलाई अनुबन्ध गरेको थियो । डेम्वेलेले बार्सिलोनाको लागि ७४ खेलमा १९ गोल र १७ असिस्ट दिएका छन् । उनले बार्सिलोनाबाट चार उपाधि जितेका छन् ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.