5 years ago
April 3, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब किएभोका पुर्व गोलरक्षक स्टेफानो सोरेन्टिनोले पेनाल्टी बचाएपछि पोर्चुगल तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो एकदमै रिसाएको खुलासा गरेका छन् ।
रोनाल्डो र सोरेन्टिनोबीच गत सिजनमा पहिलोपटक भेट भएको थियो । २१ जनवरी २०१९ मा घरेलु मैदानमा युभेन्टसले किएभोमाथि ३–० को जित निकालेपनि रोनाल्डोले पेनाल्टी चुकाएका थिए । उनको पेनाल्टी सोरेन्टिनोले बचाएका थिए ।
‘उहाँ (रोनाल्डो) एकदमै रिसाए । उनीसँग खेलअघिको ह्यान्डसेकमा जर्सी साटासाट गर्न सहमत भएको थियो । तर, मैले उनको पेनाल्टी बचाएपछि उनी खेलभर नै रिसाए । खेल सकिएपछि ड्रेसिङ रुममा भेट भएको थियो,’ सोरेन्टिनोले एक वर्षअघिको घट्नाको खुलासा गर्दै भने ।
‘उनले मलाई एक हात दिए र मलाई बधाई दिए । तर, उनमा अझै रिस मरेको थिएन । मैले इटालीमा यस्तो घट्ना कहिल्यै भोगेको थिएन । उनले मलाई जर्सी पनि दिएनन् । त्यसपछि युभेन्टसका अर्का खेलाडी पाउलो डिबालाको जर्सी लिएँ । जे भयो राम्रो भयो ।’
‘उनले आफ्नो जर्सी बदल्न सहमत भएको र मैले पेनाल्टी बचाएपछि यो सबै परिवर्तन भयो । उनले मलाई खेलभर नै बेवास्ता गरे।’ खेलमा डगलस कोस्टा, इम्री क्यान र ड्यानियल रुगानीले गोल गरेपनि रोनाल्डो पेनाल्टीमा चुकेका थिए ।
युभेन्टसले २–० ले अग्रता लिएको अवस्थामा दोस्रो हाफमा युभेन्टसले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डो चुकेका थिए । ४१ वर्षीय भेट्रान गोलरक्षक सोरेन्टिनो संन्यास लिएर अहिले इटालीको आठौं डिभिजनको क्लब सेर्भाेबाट फरवार्डको रुपमा खेलिरहेका छन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]