default_image

5 years ago

April 3, 2020

कोरोनाविरुद्ध नेयमारको सहयोग

174 views

0 Bookmark

एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग प्रदान गरेका छन् । 

नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका हुन् । उनको यो सहयोग रकम कोरोना भाइरसबाट पीडित व्यक्तिहरु तथा कोरोनाका कारण संघर्ष गरिरहेका न्युन आय भएका परिवारलाई सहयोग हुनेछ । यसअघि अर्जेन्टिनी लियोनेल मेस्सी, पोर्चुगिज क्रिस्टियानो रोनाल्डो, फ्रेन्च केलियन एमबाप्पे, पोलिस रोबर्ट लेवान्डोस्की, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गर्डिओला र स्पेनिस डेभिड डे गेयाले पनि आ–आफ्नो क्षेत्रका लागि सहयोग प्रदान गरेका थिए ।

नेयमार अहिले ब्राजिलमै सेल्फ क्वारेन्टाइनमा रहेका छन् । उनी त्यहाँ रहँदा आफुलाई फिट राख्न समुद्री किनारमा बिच भलिबल खेलेको र सरकारको निर्णयविरुद्ध रहँदै सपिङमा भुलेको भन्दै चर्काे आलोचना भएको थियो ।

क्याटलान क्लब बार्सिलोनाका पुर्व स्टार नेयमारले अघोषित रुपमा सहयोग गरेपनि पछि ब्राजिलियन टीभी कार्यक्रममार्फत सहयोग गरिएको घोषणा गरेको हो । कोरोनाको कारण दैनिक २ हजार बढीको ज्यान गइरहेको छ । पुर्व फुटबलर तथा म्याच अफ दि डे होस्ट गर्ने ग्यारी लिनेकरले दुई महिनाको ३ लाख पाउन्ड ब्रिटिस रेडक्रसलाई सहयोग गरेका छन् ।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व फरवार्ड अर्जेन्टिनी कार्लाेस टेभेजले क्लबको आर्थिक तनाव कम गर्न र यो अवस्थामा समुदायलाई सहयोग गर्न खेलाडीहरुलाई १ वर्षसम्मको पारिश्रमिक दिन आग्रह गरेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.