5 years ago
April 3, 2020
एजेन्सी – कोभिड १९ का कारण प्रिमियर लिग बन्द रहेको अवस्थामा टोटेनहमका फरवार्ड दक्षिण कोरियाली सन ह्युङ मिनले एक महिना सैनिक तालिममा बिताउने भएका छन् । दक्षिण कोरियाली सरकारको नियम अनुसार उनले चार साता अनिवार्य सैनिक तालिममा सहभागी हुन लागेका हुन् ।
दुई वर्ष अघि एसियाली खेलकुदमा कोरियाले फुटबलमा स्वर्ण जितेपछि सरकारले उनलाई सेनामा एक महिनाको सेवा गरे मात्र पुग्ने व्यवस्था गरेको थियो । सामान्य रुपमा कोरियाली नागरिकले अनिवार्य रुपमा कम्तिमा ६ महिना सैनिक प्रशिक्षण गर्नुपर्ने हुन्छ । तर राष्ट्रको लागि योगदान दिएको खण्डमा भने सरकारले उक्त अवधिमा छुट दिँदै आएको छ ।
सनकै कप्तानीमा दक्षिण कोरियाले स्वर्ण जितेपछि टोलीका सबै खेलाडीलाई सैन्य तालिमको अवधि घटाइएको थियो । अप्रिल ३० सम्मका लागि प्रिमियर लिग स्थगति भएपछि टोटेनहमले सनलाई स्वदेश फर्कन अनुमति दिएको थियो । फेब्रुअरी मध्यतिर सनको काँधमा चोट लागेको थियो । अहिले उनी चोटमुक्त हुने प्रयासमा छन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]