default_image

5 years ago

April 18, 2020

उच्च प्रदर्शनका लागि नेयमार प्रतिबद्ध

101 views

0 Bookmark

एजेन्सी – कोभिड १९ का कारण यति बेला विश्वव्यापी रुपमा जनजीवन प्रभावित अवस्थामा छ । यस्तोमा युरोपका फुटबल गतिविधि पनि शून्य छ । युरोपका घरेलु लिग स्थगित छन् । च्याम्प्यिन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।

यस्तो अवस्थामा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार स्वदेश ब्राजिलमा छन् । ब्राजिलबाट फर्कदा आफ्नो क्षमता अनुसारको प्रदर्शनका लागि तयार हुने नेयमारले बताएका छन् । अहिलेको कठिन परिस्थिति परिवारसँग घरमा बिताएर फर्कदा थप प्रतिबद्धताका साथ फर्कने उल्लेख गरे ।

पिएसजीले आफुबाट आशा गरेभन्दा पनि उच्च स्तरको प्रदर्शनका लागि प्रयास गर्ने नेयमारले बताएका छन् । तर, फुटबल कहिलेबाट सुरु हुने भन्ने अहिले तत्काल अनुमान गर्न सकिने अवस्था भने छैन ।

‘मलाई लाग्छ चाँडो भन्दा चाँडो अहिलेको कठिन परिस्थितिबाट हामी पुरानै सामान्य अवस्थामा फर्कनेछौं । म अहिलेको समयमा जिम्मेवारीपूर्वक आफ्नो फिटनेसका लागि काम गरिरहेको छु,’ उनले भने, ‘मेरो व्यक्तिगत ट्रेनरले मेरो लागि तालिका बताएका छन् । फुटबल प्रतियोगिता पुनः सञ्चालन हुँदा म तयार रहने गरि अघि बढिरहेका छौं । हाम्रो लक्ष्य भनेको फर्कदा शतप्रतिशत भएर तयार हुनेछ ।’

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.