default_image

5 years ago

April 3, 2020

लिग रद्द भएपछि बेल्जियममा ब्रुगलाई उपाधि

103 views

0 Bookmark

एजेन्सी – विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण लिग सुचारु हुन नसकेपछि बेल्जियन फुटबल फेडेरेसनले शीर्षस्थानमा क्लब ब्रुगलाई बेल्जियन प्रो लिग च्याम्पियन घोषणा गर्ने भएको छ ।

 

यससँगै युरोपियन लिगहरुमा रद्द हुने बेल्जियन लिग पहिलो लिग बनेको छ । युरोपका शीर्ष लिगहरु ३० अप्रिलसम्म स्थगित गरिएको छ । त्यसपछि पनि हुने या नहुने टुंगो छैन ।

बेल्जियन प्रो प्रिमियर लिगको एक चरणको खेल बाँकी रहँदा कोरोनाका कारण प्रभावित भएको थियो । अन्तिम चरणसहित प्लेअफका केही खेलहरु बाँकी रहँदा क्लब ब्रुगले शीर्षस्थानमा १५ अंकको फराकिलो अग्रता बनाएको थियो । त्यसैले पनि बेल्जियन फुटबल फेडेरेसनको बैठकले क्लब ब्रुगलाई च्याम्पियन बनाएको हो ।

क्लब ब्रग २०१७/१८ को सिजनमा पनि च्याम्पियन बनेको थियो । बेल्जियन प्रो.प्रिमियर लिगमा १६ टोली रहेको छ । क्लब ब्रुगले २९ खेलमा २१ जित, ७ बराबरी र १ हारको नतिजा निकाल्दै ७० अंक जोडेको छ । जुन दोस्रो स्थानको जेन्ट (५५) भन्दा १५ अंक बढी हो ।

यूईएफएले च्याम्पियन्स लिग अनिश्चितकालीन स्थगन गर्दै सकेसम्म लिग फुटबलको अन्त्य गर्न निर्देशन दिएको छ । यसले अन्य देशको लिगहरु पनि समयमा नै सक्नुपर्ने अवस्था छ । लिग संचालन हुन नसकेमा रद्द गरेर अर्को सिजन सुरु गर्ने विकल्प समेत रहेको छ ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.