default_image

5 years ago

April 3, 2020

एट्लेटिको म्याड्रिड पनि तलब कटौतीमा सहमत

119 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका खेलाडी तथा प्रशिक्षकले आफ्नो ७० प्रतिशत पारिश्रमिक कटौतीमा क्लबसँग सहमत भएका छन् । क्लबले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सक्ने आर्थिक संकटलाई ध्यानमा राख्दै यस्तो निर्णयमा पुगेको हो ।

एट्लेटिको खेलाडीको पारिश्रमिक कटौतीको निर्णय गर्ने दोस्रो स्पेनिस क्लब बनेको छ । यसअघि क्याटलान क्लब बार्सिलोनाले पनि खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । जसमा खेलाडीले सहमति जनाएका थिए ।

एट्लेटिकोले आफ्नो क्लबको ४ सय ३० कर्मचारीलाई तलब वितरण गर्न सहजताको लागि आफ्ना खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको र त्यसमा क्लबको सिनियर टोली, महिला टिम, बी टिम र प्रशिक्षकले क्लबसँग आन्तरिक सहमति गरेका एट्लेटिकोको आधिकारिक वेबसाईटमा उल्लेख छ । क्लबले सिजन पुरा हुने वा रद्ध हुने दुई फरक अवस्थाको विकल्पमा पनि छलफल गरेको छ ।

क्लबको पहिलो रोजाईका खेलाडीबाट पारिश्रमिकको आधा पारिश्रमिक छुट्याउने र आधा अन्यबाट गरी क्लबका कर्मचारीलाई दिइने क्लबका सिइओ मिगुइल एन्जल गिल मारिनले जनाएको छ । एट्लेटिकोमा बढी पारिश्रमिक लिनेमा प्रशिक्षक डिएगो सिमोनी र यसै सिजन महँगो मूल्यमा अनुबन्ध भएका युवा स्टार जोआओ फेलिक्स रहेका छन् ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.